कला मनोरञ्जन

भरतमणिले जिते कमेडी च्याम्पियन २ को उपाधि, पाए २५ लाख र कार पुरस्कार

काठमाडौं, असोज ३ । कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरतमणिले उपाधि चुमेका हुन् ।

उपाधि जितेसँगै भरतले २५ लाख र कार पुरस्कार पाएका छन् ।

यस्तै, सिक्किमका विक्की फस्ट रनर(अप बनेका छन् । प्रतियोगिताको उपविजेता बनेका उनले ुटिभिएस अपाचेु बाइक पाएका छन् । गोरखाका सन्तोष थापा भने तेस्रो स्थानमा चित्त बुझाए । उनले टिभिएस स्कुटर पुरस्कार पाएका छन् ।