कला मनोरञ्जन

यस्तो छ कमेडी च्याम्पियन २ विजेता भरतमणिको कमेडीयात्रा

झापा, असोज ३ । ताप्लेजुङमा जन्मिएका भरतमणिले सानो उमेरदेखि नै क्यारिकेचर गर्न सुरु गरे । कहिले माथिल्लो घरको अंकलको नक्कल गरे, कहिले तल्लो घरको दाइको । अन्य छर,छिमेकीको पनि ।

भरतमणिले क्यारिकेचर गर्दा सबै जना हाँस्थे । भरतमणि दंग पर्थे, अरे १ अरुलाई हँसाउन त मज्जा पो आउने रैछ ।

गाउँमा हुने कार्यक्रममा दाइहरूले नेताको क्यारिकेचर सुनाउँथे । भरतमणिले नेता चिन्दैनथे । तर, क्यारिकेचर दुरुस्तै बनाउँथे । भन्छन्, ुमैले नेता नै नचिनी दाइहरूबाट सुनेर उहाँहरूको क्यारिकेचर गर्दिन्थेँ । र पनि सबै जनाले मैले गरेको क्यारिकेचरलाई मन पराउनुहुन्थ्यो ।

मेर बढ्‍दै गयो, भरतमणिलाई कमेडीको रस चढ्दै गयो । उनले पढाइमा कम, कमेडीमा बढी ध्यान दिन थाले । विद्यालयदेखि गाउँमा हुने विभिन्न कार्यक्रमहरूमा उनले थोरै समय मागेर प्रस्तुति दिन थाले, क्यारिकेचर गर्न थाले । उनी गाउँमा सानोतिनो स्टार भइसकेका थिए ।

ताप्लेजुङकै रेडियोमा उनले कार्यक्रम चलाउँथे । उक्त कार्यक्रममा उनले कलाकारहरूसँग अन्तर्वार्ता गर्थे ।

एसएलसी सकेर भरतमणि काठमाडौं आए । उनले काम गर्ने रेडियोका मालिक र हास्‍य कलाकार मनोज गजुरेलको राम्रो सम्बन्ध थियो । रेडियोका मालिकले भरतमणिले हास्य कलाकार बन्ने रुचि गरेको मनोजलाई सुनाए । र आग्रह पनि गरिदिए, ुयो हास्य कलाकार बन्छु भन्छ । यसलाई तपाईंले सहयोग गर्नुपर्‍यो ।

मनोजले भरतमणिलाई केही गाईजात्रा र प्रहसनहरूमा मौका दिए । भरतमणि भन्छन्, ुसुरुवाती दिनमा मैले मनोज सरबाट धेरै सहयोग पाएको छु ।

भरतमणिले अन्तर्वार्ता गर्ने क्रममा हरि निरौला कक्रोजसँग राम्रो सम्बन्ध बनाए । कक्रोजकै कारण भरतमणिले भद्रगोलुका केही भागहरूमा अभिनय गर्ने मौका पनि पाए । मैले भद्रगोलका धेरै भागहरूमा सानो/सानो भूमिकामा काम गरेको छु । त्यो अवसर कक्रोज दाइले दिनुभएको हो, भरतले कक्रोजलई सम्झिए ।

कलाकार बन्नका लागि भरतमणिले धेरै दुःख गरेका छन् । उनले आफ्नो कथा सुनाउने एपिसोडमा भनेका छन्, सिरियलमा काम गर्दा बोरामा हालेर कुटाइ खाने सिन पाएँ । म्युजिक भिडियोमा कोरस बनेर नाचेँ । एक महिना लगाएर खिचेको फिल्ममा आफैँलाई देखिनँ । अन्तम कमेडी च्याम्पियनको दोस्रो सिजनमा आइपुगेँ ।