बाहुण्डाँगी । बीरगन्ज जेसीजको ४९ औं शाखा अधिवेशनबाट जेसी अमृत गौरो सर्वसहमत रुपमा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
जेसिस भवन गिता मन्दिर बीरगन्जमा सम्पन्न भएको अधिवेशनले कार्यकारी उपाध्यक्षमा स्वेक्छा रौनियार,सुख सागर गौरो, उपाध्यक्षमा सरोज चौरसिया,अनोज चौधरी,तोपेन्द्र चौधरी,कमरुल अंसारीलाई चयन गरेको छ ।
त्यसैगरी महासचिवमा अरविन्द श्रेष्ठ,कोषाध्यक्षमा मुकेश गुप्ता र कानुनी सल्लाहकारमा प्रेमचन्द्र प्रसाद अधिवेशनबाट सर्वसहमत रुपमा चयन भएका छन् ।
साथै अधिवेशनले बर्ष २०२२ को लागिसवै कार्य समिति सदस्यहरुको टुङ्गो लगाएको २०२० का अध्यक्ष रञ्जन रावतले बताउनु भयो । । जेसिसले बिभिन्न समाजिक क्षेत्रमा सकृयताका साथ काम गर्दै आएको छ । स्मरण रहोस् ः नेपाल जेसीजको २०२२ को महाधिवेशन विरगञ्ज जेसीजले आयोजना गर्दैछ ।

