बाहुण्डाँगी । रमाइलो जेसीजका लागि २०२२ को अध्यक्षमा त्रिभूनाथ फुयाँल निर्वाचित हुनु भएको छ । शाखाको चौथो बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले फुयाँललाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । पथरी जेसीजको मातृत्वमा स्थापना भएर रत्ननगर महाधिवेशनबाट पूर्ण स्वीकृत भएको यो शाखाका लागि फुयाँल चौथो अध्यक्ष बन्न सफल भएका छन् । हिमप्रसाद तिम्सिना संस्थापक रहेको शाखामा Read More…
Month: January 2022
झापा: अनेरास्ववियु अध्यक्ष्मा लामा
झापा । अनेरास्ववियु झापाको २० औं झापा जिल्ला अधिवेशनले अध्यक्षमा रोशन लामालाई सर्वसम्मत चयन गरेको छ । मंगलबार बिर्तामोडमा भएको अधिवेशनको बन्दशत्रले लामालाई अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा बलराम गिरी र लक्ष्मी गौली, सचिवमा नारायण पोखरेल, सहसचिवमा रचना अधिकारी, सरोज ढकाल, बालचन्द्र कार्की र इश्वर नेपाल तथा कोषाध्यक्षमा अनुजा कट्टेल सर्वसम्मत निर्वाचित हुनु भएको Read More…
मागुरमाडी सिमसार क्षेत्रको उद्घाटन
धुलाबारी । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं. १ को २६ औं वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ । साथै, सोही अवसरमा पर्यटकीय सिमसार क्षेत्रको उद्घाटन समेत गरिएको छ । उद्घाटनसँगै वन समूहको सिमसार क्षेत्र पर्यटकका लागि खुला भएको छ । साधारण सभा तथा पर्यटकीय सिमसार क्षेत्रको उद्घाटन मेचीनगर प्रमुख विमल आचार्यले गरेका Read More…
‘आत्महत्या मेसिन’ले पायो कानुनी मान्यता, अब एकैमिनेटमा पीडारहित मृत्यु
एजेन्सी । स्विजरल्याण्ड सरकारले ‘आत्महत्या मेसिन’लाई कानुनी मान्यता दिएको छ। इच्छामृत्यु भएका व्यक्तिलाई पीडारहित तरिकाले एक मिनेटमै मार्ने मेसिनलाई सरकारले हालै कानुनी मान्यता दिएको हो। कोफिन आकारको साक्रो नामक सो मेसिनलाई निर्माताहरुले आत्महत्या अर्थात् सुसाइड मेसिन नाम दिएका छन्। इच्छामृत्यु भएका व्यक्तिहरुलाई सो मसिनमा राखेर मार्न सरकारले अनुमति दिएको निर्माताहरुले जानकारी दिएका छन्। हाइपोक्सिया र Read More…
राष्ट्रिय सभा सदस्य निर्वाचन : उम्मेदवारको मनोनयन बिहान १० बजेदेखि
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य १९ रिक्त पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गराउन सम्पूर्ण तयारी पूरा गरेको छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि आज (मङ्गलबार) बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिए। उक्त निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने Read More…
प्रधानध्यापकले आफ्नै छोरीलाई शिक्षकमा सिफारिस गरेपछि स्थानीय आन्दोलित
मेचीनगर । झापाको मेचीनगरको एउटा विद्यालयमा प्रधानध्यापककै छोरी शिक्षकका रुपमा सिफारिस भए पछि स्थानीयबासी आन्दोलित भएका छन । मेचीनगर ७ स्थीत अरनिको माध्यमिक विद्यालयका प्रधानअध्यापक अग्नी घिमिरेकी छोरी पुजा घिमिरेलाई विज्ञान तथा गणित शिक्षकका लागि सिफारिस गरिए पछि स्थानीयहरु आन्दोलित भएका हुन । बिद्यालयका लागि नगरपालिकाको अनुदान दरबन्दीमा विज्ञान तथा गणित शिक्षक छनौटका लागि भएको Read More…
मनकुमार गदालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत
झापा । प्रेस चौतारी नेपाल झापाको ९ औँ जिल्ला अधिवेशनले मनकुमार गदालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । गौरादह नगरपालिका ५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको नमुना पाहुना घरमा भएको अधिवेशनले गदालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । त्यस्तै समितिको उपाध्यक्षमा प्रदिप परियार र गंगा बराल, सचिवमा प्रकाश पौडेल, Read More…
झापा गोल्डकप फागुन २१ देखि हुने
झापा । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको पाँचौँ संस्करण यही फागुन २१ गतेदेखि हुने भएको छ । अघिल्ला २ वर्ष कोभिड महामारीका कारण रोकिएको बहुप्रतिक्षित प्रतियोगिता फागुन २१ गतेदेखि ३० गतेसम्म बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन गर्ने तयारी गरिएको हो । गोल्डकप आयोजक समितिले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता आयोजनाबारे जानकारी दिएको छ । Read More…
नयाँँ कार्यसमितिलाई कमल प्याब्सनको बधाई तथा शुभकामना
कमल । प्याब्सन झापाको १३ औं जिल्ला अधिवेशनबाट कमल गाउँपालिकाको प्रतिनिधित्व गर्ने नँया कार्य समितिलाई एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना ब्यक्त गरेको छ । बधाई तथा शुभकामना प्याब्सन कमलले होटल लेन्ड, केर्खामा आइतबार एक कार्यक्रमकम बिच कमलबाट सर्बसम्मत रूपमा जिल्ला अध्यक्षमा निर्वाचित गौरीमान फागो, जिल्ला सदस्यमा निर्वाचित त्रिलोचन गौतम, युवराज बराल र सल्लाहाकार Read More…
लालबन्दी जेसीजको तेस्रो अध्यक्षमा सन्तोष पौडेल
बाहुण्डाँगी । लालबन्दी जेसीजका लागि २०२२ को अध्यक्षमा सन्तोष पौडेल निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको तेस्रो शाखा अधिवेशनले पौडेलाई अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा कोमल प्रसाद गौतम र राजकुमार सिह, उपाध्यक्षहरुमा कुल प्रसाद गौतम, उपेन्द्र महतो, सुमन थापा र सुनिता खरेल थपलिया निर्वाचित भएका शाखाका अध्यक्ष श्याम खड्काले बताउनु Read More…










