मेचीनगर । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ मेचीनगर–८ को अध्यक्षमा गोमा खड्का सर्वसम्मत चयन भएकी छिन् । मेचीनगगर ८ स्थित श्रीकृष्ण व्यासआश्रममा आयोजित प्रथम वडा अधिवेशनले खड्काको नेतृत्वमा ४१ सदस्यीय नँया कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले समितिको उपाध्यक्षमा मिना राजवंशी, सचिवमा हिमा राया, उप–सचिवमा लक्ष्मी मेचे र कोषाध्यक्षमा सङ्गिता मगर सर्वसम्मत चयन गरेको हो ।

निर्वाचित नँया कार्यसमितिलाई एमालेकी केन्द्रिय सदस्य एवम् झापा सहईन्चार्ज मिना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रदेश कमिटि सदस्य द्वय श्रीप्रसाद मैनाली र गोपाल चन्द्र बुढाथोकी, जिल्ला सदस्य रमा भण्डारी, लालबहादुर थामी, विकेन्द्र धिमाल, मेचीनगर सहइन्चार्ज सन्तोष मेच, मेचीनगर ८ वडा कमिटि अध्यक्ष बिष्णु भट्टराईलगायतले अबिर र खदा पहिर्याएर सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

