विश्व वातावरण दिवसको अवसरमा पोखरा लेडि जेसिसले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले वतावरणप्रति सचेतना जगाउने उद्देश्यले ‘एक विरुवा, मेरो दायित्व’ भन्ने नाराका साथ पोखराको गोपाल सेवा धाममा विभिन्न प्रजातिका विरुवा रोपेको हो ।
वृक्षरोपण गर्दै संस्थाका निवर्तमान अध्यक्ष बिनिता सापकोटाले वातावरणीय सन्तुलन कायम राख्नमा क्लवले गरेको वृक्षरोपणले सहयोग पुग्ने बताइन्।
कार्यक्रममा गोपाल सेवा धामका अध्यक्ष धर्मराज सिग्देलले धाम परिसरमा संस्थाले वृक्षरोपण गरेको धन्यवाद ज्ञापन गरे । उनले वृक्षरोपणले वातावरण सन्तुलन कायम गर्नुका साथै भू–क्षय लगायतका समस्याको नियन्त्रण गर्ने उल्लेख गरे ।
कार्यक्रममा पोखरा लेडि जेसीज वर्ष २०१८ का अध्यक्ष एवम् टोनी चियर पर्सन शन्तु पौडेल, जेसीज वर्ष २०१० का अध्यक्ष गीता सिग्देल, वर्ष २०१८ का अध्यक्ष सन्तु पौडेल लगायतले वृक्षरोपणको महत्वका बारेमा बोलेका थिए ।
संस्थाका निवर्तमान अध्यक्ष विनिता सापकोटाको संयोजकत्वमा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक करुण पाण्डे, आस्था पाठ फुलमाया अधिकार ९सृष्टि०ले गरेकी थिइन् ।

