संघ \संस्था

खाँडादेवीको वक्तित्वकलामा सुदर्शन खाती च्याम्पियन

बाहुण्डाँगी । खाँडादेवी जेसीजको अन्तर मावि बक्तित्वकला प्रतियोगितामा राकाथुम माविका सुदर्शन खाती च्याम्पियन बनेका छन् । शाखाको जेसीज सप्ताह अन्तर्गत तेस्रो दिनको कार्यक्रम अन्तर्गत बक्तित्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । नेपाल जेसीजका राष्टिय अध्यक्ष सिनेटर लालमणी भण्डारीको २०२२ को राष्टिय प्रकरण प्रभावका लागि कार्य विषयक शिर्षकमा प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा खाँडादेवी माविका आयुष Read More…

संघ \संस्था

खाँडादेवी जेसीजको कविता प्रतियोगितामा

बाहुण्डाँगी । खाँडादेवी जेसीजको जारी जेसीज सप्ताह अन्तगर्त शनिवार मावि स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ज्योति माविकी प्रमिला थापा प्रथम भएकी थिइन् । उज्जवल भविष्यका लागि नेतृत्व विषयक प्रतियोगितामा मावि राकाथुमकी सुमित्रा श्रेष्ठ दोस्रो र विष्णु जनज्योति माविकी सृष्टिका खत्री तेस्रो स्थान हासिल गरेकी थिइन् । विजेता विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो Read More…

संघ \संस्था

खाँडादेवी जेसीजको जेसीज सप्ताह सुरु

बाहुण्डाँगी । रामेछाप जिल्लाको धार्मिक पर्यटकीय क्षेत्र खाँडादेवीमा स्थापना भएको खाँडादेवी जेसीजको जेसीज सप्ताह सुरु भएको छ । २०२२ को बोर्डले यस वर्षको सप्ताहको आयोजना गरेको हो । सप्ताहका उद्घाटन खाँडादेवी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामकुमार श्रेष्ठले विरुवा रोपेर गरेका थिए । उद्घाटन समारोहमा विभिन्न जातको विरुवाहरु वृक्षारोपण गरिएको थियो । खाँडादेवी Read More…

संघ \संस्था

सुर्खेत लेडी जेसीज र कलैया सिटीको वृक्षारोपण

बाहुण्डाँगी । विश्व वातारण दिवसको अवसर पारेर सुर्खेत लेडी जेसीज र कलैया सिटी जेसीजले वृक्षारोपण गरेका छन् । शाखाकी अध्यक्ष मनिषा कौषलको नेतृत्वमा गएको टोलीले काक्रेबिहार मन्दिर परिसरमा वृक्षारोपण गरेको हो । कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु, प्रहरी प्रशासन तथा शाखाका पदाधिकारीहरुको सहभागिता रहेको शाखाकी कार्यकारीणी उपाध्यक्ष सिता भण्डारीले बताउनु भयो । यसैगरी कलैया सिटीले समेत Read More…

संघ \संस्था

विश्व वातारवरण दिवसमा बुटवल लेडी जेसीजको वृक्षारोपण

बाहुण्डाँगी । विश्व वातावरण दिवसको अवसरमा बुटवल लेडिज जेसिजले बुटवलस्थित चिडिया खोलामा रहेको बाल विकास केन्द्रको परिसरमा वृक्षारोपण तथा सरसफाई गरेको छ । एक कार्यक्रमकाबीच जेसिजले बुटवल– ३ स्थित बाल मन्दिर उद्यान परिसरमा फलफूलका बिरुवाहरु रोपेको हो । कार्यक्रममा बोल्दै जेसिसका प्रमुख अतिथि बुटवल उपमहानगर पालिका वडा नम्बर–३ का वडा अध्यक्ष विष्णु ढकालले जीवनचक्र परिस्थिति Read More…

संघ \संस्था

बाहुण्डाँगी पोखरा लेडी जेसीजद्धारा वृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा पोखरा लेडि जेसिसले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले वतावरणप्रति सचेतना जगाउने उद्देश्यले ‘एक विरुवा, मेरो दायित्व’ भन्ने नाराका साथ पोखराको गोपाल सेवा धाममा विभिन्न प्रजातिका विरुवा रोपेको हो । वृक्षरोपण गर्दै संस्थाका निवर्तमान अध्यक्ष बिनिता सापकोटाले वातावरणीय सन्तुलन कायम राख्नमा क्लवले गरेको वृक्षरोपणले सहयोग पुग्ने बताइन्। कार्यक्रममा गोपाल सेवा Read More…

अर्थ

नेपाल कृषिप्रधान देश तर, १० महिनामा ६४ अर्बमाथिको खाद्यान्न आयात

काठमाडौं । नेपाललाई वर्षौदेखि ‘कृषिप्रधान देश’ को रुपमा चिनाउँदै आइएको छ । तर व्यहवहारमा भने नेपाल कृषिप्रधान देश बन्न सकेको छैन । भन्सार विभागको पछिल्लो तथ्याङ्कले यसलाई पुष्टी गरेको छ । विभागका अनुुसार चालु आर्थिक वर्ष २०७८\७९ को पहिलो दश महिनामा नेपालले ६४ अर्ब १० करोड ४२ लाख ३७ हजार रुपैयाँको धान, चामल, मकै र Read More…

समाचार

भित्रियो मनसुन, औसतभन्दा बढी वर्षा हुने

काठमाडौं । यसपालिको मनसुन आगामी असोज ४ गतेसम्म रहने अनुमान छ । चार महिने मनसुनी सिजनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसन विज्ञान विभागले जनाएको छ । विभागले अघिल्ला वर्षमा भन्दा सरदर बढी वर्षा हुने भएकाले बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिको सम्भावनालाई ध्यानमा राखी पूर्वतयारी थाल्न सरोकारवाला निकायलाई विभागले अनुरोध गरेको छ Read More…

विविध

असार १ बाट मतदाता नामावली दर्ता खुला, जहाँ छ त्यहीँबाट दर्ता गर्न सकिने

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम दर्ता खुला गर्ने तयारी गरेको हो । स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै नामावली दर्ता खुलाउने Read More…

विविध

विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपणसहितको विविध कार्यक्रम

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ ले विश्व वातावरण दिवसलाई भव्यरुपमा मनाएको छ । वडाले प्रदेश नम्बर १ का सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा आइतबार बृक्षारोपणसहितको विविध कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा दुई हजार वटा फूल्ने विभिन्न प्रजातिका विरुवा रोपिएको थियो । वडालाई पाँच बर्षभित्रमा फूलको सहर बनाउने उद्देश्यले विभिन्न स्थानमा विरुवा Read More…