झापा । झापाको मेचीनगरमा नेपाल र भारतको खेलाडी सम्मेलीत आठौं “इण्डो नेपाल कराँते च्याम्पियनसिप २०२२”को उपाधि भारत आसामको टिमले जितेको छ । मेचीनगर ६ स्थित काँकरभिट्टामा सोमबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा प्रथम हुँदै उपाधि चुमेको हो ।
आसामले १० गोल्ड ६ सिल्बर र १५ ब्रन्ज सहित प्रथम स्थान हासिल गर्यो । त्यस्तै प्रतियोगितामा सुनसरीको सालबनी दोस्रो र इटहरी एकाडेमी तृतिय भयो । सालबनीले ७ गोल्ड २ सिल्बर र ६ ब्रन्ज सहित दोस्रो हुँदा इटहरीले ६ गोल्ड, ६ सिल्बर र ३ ब्रन्ज प्राप्त गर्दै तेस्रो भयो ।

प्रतियोगितामा प्रदेश नं १ का झापा, मोरङ, सुनसरी, इलाम, धनकुटालगायत सबै जिल्ला तथा छिमेकी मुलुक भारतको दिल्ली, कोलकाता, सिक्किम, आसाम, दार्जिलिङ, सिलुगढी, बागडुग्रालगायत क्षेत्रका २२ टिम सहभागी थिए ।
२० केजी तौलदेखि ६७ केजी तौल समुहमा भएको प्रतिष्पर्धाबाटे प्रथम, द्धितिय र तृतिय हुने टिमले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरको आयोजक सितोरियो कराँते स्कूल डोजो झापाका सचिव शम्भु श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा अन्तराष्ट्रिय कराँते रेफ्री कुन्ती गुरूङ, राखेपका कराँते प्रशिक्षक राजु महर्जनलगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षकले खेलाएका थिए ।

