कमल । स्वास्थ्य कार्यालयले झापाको कमल गाउँपालिकासहित पन्द्रवटै पालिकामा फागुन ११ गतेदेखि सप्ताह ब्यापी राष्ट्रिय कार्यक्रम हात्तिपाइले रोग बिरुद्धको आम औषधी सेवन अभियान सञ्चालन गर्दै छ । त्यसलाई सफल पार्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) कमल गाउँपालिकाले साथ दिने भएको छ ।

प्याब्सन कमलले कमल गाउँपालिका क्षेत्र भित्र हात्तिपाइले रोग बिरुद्धको आम औषधी सेवन अभियानलाई प्रभावकारी बनाउदै सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

कमल प्याब्सन अध्यक्ष बदीराम राई अनुसार कमल प्याब्सनले अभियानलाइ समर्थन गर्दै सबै निजि स्कूलमा रहेका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाइ अनिवार्य औंषधी खुवाउने र अरूलाइ पनि खान अनुरोध गर्ने, प्रचारप्रसारमा सक्रिय सहभागिता जनाउने निर्णय गरिएको बताए ।
उनले यो अभियान सफल बनाउन आज तोपगाछी र लखनपुर क्षेत्रमा अलग अलग सस्थापक प्रिन्सिपलहरूको उपस्थिति गराइ अन्तरक्रिया समेत सम्पन्न गरिएको जनाए ।

