संघ \संस्था

विकासमा मेचीनगरको चासो, मन्त्रीले गरे हाेल्डिङ सेन्टर लगायतको स्थलगत अवलाेकन

मेचीनगर। झापाको मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र भए गरेका विकासका बिषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

बुधबार काेशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री माननिय लिला बल्लभ अधिकारीलाई मेचीनगरमा स्वागत गर्दै नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेतीलगायतले नगरको बिषयमा अवगत गराएका थिए ।

स्थानीय तहले सिमित स्रोत साधनका बाबजुद जनताको अपेक्षा पूरा गर्न हम्मेहम्मे हुने हुँदा प्रदेश सरकारले त्यसलाई सहजरूपमा सहजीकरण गरदिन काेशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री अधिकारीलाई नगर प्रमुख बुढाथोकीले आग्रह गरेका छन् ।

बिशेषगरि नगर क्षेत्रमा बिकराल बन्दै गइसकेको लागूऔषधबाट उत्पन्न समस्या, सिमा क्षेत्रमा रहेका प्रहरीका जीर्ण संरचना तथा खानेपानीलगायतका विषयमा प्रभावकारी नीति तथा कार्यक्रमहरू ल्याउनुपर्ने बताए । उनले मेचीनगर १४ मा रहेको हाेल्डिङ सेन्टरलाई यथाशीघ्र प्रयोगमा ल्याउनुपर्ने बताए ।

उपप्रमुख उप्रेतीले प्राथमिकता र जनताको आवश्यकता अनुसार मेचीनगर लागि परिरहेको बताउँदै त्यसमा प्रदेश सरकारको थप महत्त्वपूर्ण भूमिकाको अपेक्षा रहेको बताइन् ।

यता काेशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री अधिकारीले आफुले समग्र प्रदेशमा नै नागरिक लक्षित कार्यक्रमहरू अगाडि बढाइएको बताउँदै मेचीनगरको समग्र बिषयमा प्रदेश सरकार सकरात्मक रहेको प्रतिक्रिया दिए । साथै उनले हाेल्डिङ सेन्टर लगायतको स्थलगत अवलाेकन गर्दै यस्को उचित प्रयोग संम्बन्धमा छलफल अगाडि बढाउने आश्वासन दिए ।

होल्डिङ सेन्टरको बुधबार मन्त्री अधिकारीसहित मेचीनगर नगरपालिका प्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालगायत जिल्लास्थित सुरक्षा प्रमुखलगायतको टोलीले स्थलगत अवलोकन गरेको थियो ।