विचार

युवाले के खोज्दै छन् ?

आशिष पौडेल
झापा ।
अहिले नेपालको सन्दर्भमा युवा सोच, युवा आवाज र युवाको चाहानाको विषयले गतिलो स्थान पाईरहेको छ । युवाको प्रतिनिधित्व सामाजिक राजनितिक क्षेत्रमा आवश्यक छ भन्ने भास्य स्थापित भै रहेछ । आखिर को हुन त समाजले खोजेका युवा ? के चाहान्छन आजको युवा ले ? प्रश्न जति गहकिलो छ उत्तर त्यहि सरल रोजगारी , सुरक्षा , देश विकासमा साझेदारी अनि गतिशिलता । युवा केन्द्रित आवाज उठिरहदा धेरै ले भ्रम सृजना गर्न प्रयाप्त अवसर पनि पाई रहेका छन युवाको नाममा भाग खोज्न , देश भित्रको आपसि सद्भाव भड्काउन, देश बनेन र कहिले बन्दैन भनेर निरासा पैदा गर्न प्ररिचालित देखिन्छ ।

तर वास्तविक युवाले देश आस्तिरता तर्फ जाहोस भन्ने चाहेको छैन उस्को चाहाना सरल छ यहि देशमा आफ्नु परिवार सँग वसेर जिवन चलाउन सकियोस , भावि पुस्तालाई यहि राम्रो भविष्य निर्माण गर्न सकियोस , देशले विकासको फड्को मारोस र गर्व साथ म यो देशको युवा भन्न पाईयोस ।

युवाको नाम जुन अराजकता चलिरहेको छ यस्ले अब कहाँ पुराउला त ?

खासमा वहुदलिय ब्यवस्था आएपछि देशले ठुलै गति लिन्छ भन्ने आम नागरिकको विस्वास थियो । त्यस पछि को सरकार निर्माण र अस्थिर राजनितिक स्थितिले विस्तारै जनतामा नैराश्यता पैदा गर्दै लग्यो केहि नभएको हैन भएको कामहरु संस्थागत हुन सकेनन र केहि भएको छैन भन्ने प्रचार बढन थाल्यो सरकार ढल्ने र बनाउने काममा व्यस्त रहदै गर्दा नेता नेतृत्वले वास्तविक जनताको मुद्वा बिर्सिए कि भन्ने भान हुन थाल्यो । सामाजिक संजालको अधिक प्रयोग बाट परिचालित जमात संगठित हुदै गयो र केहि भएन भन्ने हावालाई वेसरि वेग दिन थाल्यो अनि अझै नैरास्यता र नकराकत्माले मानिसको मन मस्तिस्कमा घर गर्दै गयो र आजको स्थिति सृजना हुन गयो । त्यसो भए के सबै काम भएको र राजनेताहरुले भने जति काम गरेकै हुन त ?

हैन नेतृत्व तह पनि आवस्यक रुपले सुध्रिनै पर्ने देखिन्छ । एउटा आन्दोलन बाट स्थापित शाषन व्यवस्था र संघियताको पहिलो अभ्यासमा राजनेताहरु ले खेलेको भुमिमा प्रर्याप्त छैन । यसमा अनिवार्य नेता सुधिर्न आवस्यक छ । तर हामिले पनि देशको शाषन व्यवस्था, संविधानको परिकल्पना व्यवस्थापिका, न्यायपालिक, कार्यपालिकाको आधिकार र सिमा लाई बुझन जरुरी छ ।

हामि ले के गर्ने त ?
हामिले निर्वाचित जनप्रतिनिधि सर्व- अधिकार बोकेर बसेका छन र उनिहरुले जे पनि गर्न सक्छन भन्ने कुराको परिभाषा लाई हामिले बदल्न सक्नु पर्यो । जनप्रतिनिधि पनि कानुन बाट निर्दिष्ट हुन्छ्न र उनिहरुको सिमा क्षेत्र हुन्छ भन्ने कुरा बुज्नपर्यो । ट्राफिक ले बिना लाईसेन्स सवारि समात्दा देखि विभिन्न पदमा नियुक्ति , चन्दा लगायतमा सबै भन्दा पहिले राजनेता र जनप्रतिनिधि खोज्ने हामिले कानुनि राज्यको स्थापना गर्न सक्दैनौ । सकरात्मक र सृजनशील ढङबाट उनिहरुको कामलाई थप दबाव सृजना गरेर हामिले थप जिम्बेवार वनाउन सक्छौ ।

आजको युवा जिम्वेवार छ, अध्ययनशिल छ देशको गरिमालाई बुझेको छ त्यसैले उ अस्थिरताको पक्षमा छैन , हो निति निर्माणको ठाँउमा बसेकाहरु सँग संन्तुष्ट छैन तर देशमा केहि भएन र अब केहिपनि हुदैन भन्ने भ्रमबाट पर छ ।

अन्त्यमा यो देशमा बस्ने सबैले स्थाइत्व, सकरात्मक समाज निर्माणमा आफ्नु आफ्नु भुमिका निर्वाह गरे तपाई हामिले सोचे जस्तै नेपाल निर्माणमा कतिपनि वेर नलाग्ने मेरो व्यक्तिगत वुझाई रहेको छ ।