बाहुण्डाँगी, माघ ७ । बुटवल लेडी जेसीजको २०२१ का लागि अध्यक्षमा शर्मिला राना निर्वाचित हुनु भएको छ । हालै सम्पन्न शाखाको २४ औ शाखा अधिवेशनले रानालाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा रुपा श्रेष्ठ र राज श्री गौतम, उपाध्यक्षहरुम राधिका बेलवासे, बसन्ता घिमिरे, सरु थापा महिमा कुँवर, सह सचिव नुमाकला राहादी सहकोषाध्यक्ष पुनम पन्थ सर्वसम्वत निर्वाचित हुनु भएको छ ।

यसैगरी नवनिर्वाचित अध्यक्ष रानाले कानुनी सल्लाहकारमा अनुपमा श्रेष्ठ, महासचिवमा कमला लम्साल र कोषाध्यक्षमा प्रभा गौतमलाई मनोनित गर्नु भएको छ । साथै अध्यक्ष सल्लाहकारमा संगीता ढकाल रुपा श्रेष्ठ पाठक, सपना कार्की, २०२१ का लागि पूर्व अध्यक्षबाट सल्लाहकारहरुमा कल्पना जोशी, रुपा पाण्डे सिनेटर राधिका पोखरेल, लक्ष्मी थापालाई चयन गर्नु भएको छ । साथै तालिम संयोजकमा बेदना पाण्डे, सदस्य वृद्धि संयोजकमा मिना नगरकोटी बार्षिक कार्यक्रम संयोजकमा जमुना शर्मा श्रेष्ठ शाखा सम्पादकमा कृतिका जोशीलाई मनोनित गर्नु भएको थियो ।
शाखा अधिवेशन शाखाकी २०२१ की अध्यक्ष कल्पना कुशुम पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो । स्मरण रहोस अध्यक्ष पाण्डे नेपाल जेसीजका २०२१ का लागि सर्वाधिक मत ल्याउँदै राष्टिय उपाध्यक्ष पदमा निर्वाचित हुनु भएके थियो । यस शाखाले २०२० मा देशभरककै उत्कृष्ट अध्यक्ष अवार्ड पाउन सफल भएको थियो ।
१९९६ मा स्थापना भएको यो शाखाको संस्थापक अध्यक्ष रेखा कट्टेल हुनुहुन्छ ।

