बाहुण्डाँगी माघ ८ । उदयपुर जेसीज र सशस्त्र प्रहरी बल उदयपुरको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भउको छ ।
जीवन अमुल्य छ, आफु पनि बाँचौ र अरुलाई पनि बचाऔँ, स्वच्छीक रक्तदान देश र समाजप्रति हाम्रो कर्तव्य भन्ने मुल नाराका साथ २० औँ सशस्त्र प्रहरी दिवसको अवसरमा उक्त रक्तदानको आयोजना गरिएको थियो ।

जिल्ला रेडक्रस सोसाइटी उदयपुरको प्राविधिक सहयोगमा भएको रक्तदाना ५८ प्रिन्ट रगत संकलन भएको थियो । साथै युथफर सडेभ्लोभमेन्ट ग्रुप र रुजल ज्वेलेरीको समन्वयमा उदयपुरको गाइघाटस्थित टाउन हल पाटी प्यालेसमा रक्तदान सम्पन्न भएको हो ।

उदयपुर जेसीज २०२० की अध्यक्ष सबु थापा (शर्मिला) को सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी चक्रमणी पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी प्रमुख (एसपी) भिम दाहाल, सशस्त्र प्रहरी बलका जिल्ला प्रमुख (एसपी) सुधिर सुवेदी, बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रमेश रसाइली, युथफर डेब्लोभमेन्टका अध्यक्ष विशाल राई, उदयपुर जेसीजका निवर्तमान अध्यक्ष ललित नायक, पूर्व अध्यक्ष सिनेटर सन्तोष गुप्ता तथा सुरक्षा निकायका डिएसी, इनिस्पेक्टरहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन मिथुन ठाकुरले गरेका थिए । रक्तदान सौगात केसीको संयोजनमा सम्पन्न भएको थियो ।


