बाहुण्डाँगी १७ माघ । महिला उद्यमीहरुको व्यवसाय बिस्तार गर्न तथा नेपाल सरकारबाट अनुदान प्राप्त बैंकिङ कर्जा बारे सचेतना गराउन उदयपुरमा सचेतनामुलक कार्यक्रम आयोजना भएको छ ।
उदयपुर जेसीजको आयोजनामा आज शनिबार गाइघाटमा महिला उद्यमी कर्जाबारे कार्यक्रम सम्पन्न भएको हो । उदयपुर जेसीजकी अध्यक्ष जेसी शर्मिला थापाको अध्यक्षतामा आयोजित कार्यक्रमको सहजीकरण सानिमा बैकका ऋण विभागका प्रमुख विष्णु कार्कीले गरेका थिए । त्रियुगा नगरपालिका वडा नं। १२ का मुस्लिम र मधेशी समुदायका करीब ३५ जना महिलाहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

सो कार्यक्रममा महिला उद्यमीहरुले सहुलियतपूर्ण कर्जा कसरी लिने रु कर्जाको ब्याजमा कसरी अनुदान प्राप्त गर्ने रु तथा धितो बिना कति रकम सम्म कर्जा लिन सकिन्छ भन्ने बारेमा जानकारीहरु प्रदान गरिएको अध्यक्ष थापाले बताईन् ।
करिब १५ वर्षदेखि एकल नेतृत्वमा काष्ठ उद्योग ९काठ मिल० सञ्चालन गरिरहेकी महिला उद्यमी हीरावती ठाकुरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमको संयोजन उदयपुर जेसीजकी सदस्य सोनिका राईले गरेकी थिईन । उदयपुर जेसीजले विगत ५ दिनदेखि महिला, बालबालिका तथा समुदायमा समर्पित रही कार्यक्रमहरु आयोजना गरिरहेको छ ।
यो पनिस्

