बाहुण्डाँगी माघ १९ । चाराली जेसिसले आज मेचीनगर नगरपालिका वडा न १२ का दुई विध्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कन्चन्जङ्गा हस्पिटल एण्ड इक्युप्मेन्ट प्राली बिर्तामोडको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा वर्ष २०२१ का अध्यक्ष जेसि सन्तोष न्यौपानेको सभापतित्व रहेको थियो ।
कार्यकारिणी उपाध्यक्ष जेसि शिक्षा घिमिरेको संयोजकत्व रहेको यस कार्यक्रममा ,कन्चन्जङ्गा हस्पिटल एण्ड इक्युप्मेन्ट प्रालीका सेल्ल मेनेजर सेमन्त पोख्रेल ,कम्पनी मेनेजर रुसिल श्रेस्ठ लगायतको आतिथ्यता रहेको थियो ।
मेचिनगर १२ मा रहेको माउन्ट पोइट इङलिस स्कुल र युनिक इङलिस बोर्डिङ स्कुलमा सम्पन्न कार्यक्रमको औचित्यमाथी प्रष्ट पार्दै सेल्ल मेनेजर पोख्रेलले नेपालको बजारमा मेडिकेटेट चिप प्रयोग गरिएको एक मात्र कन्चनप्याड रहेको दाबी गर्नुका साथै यसको प्रयोगमा एलर्जी नहुने , १२ घण्टा सम्म निरन्तर प्रयोग गर्न सकिने बताउनुभयो ।
कार्यक्रम संयोजक जेसि घिमिरेले स्वागत गर्नु भएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष जेसि सुजुप सुवेदिले जिसिज आस्था वाचन गर्नुभएको थियो ।
संस्थापक अध्यक्ष जेसि बिष्णु रिमाल , पुर्व अध्यक्ष जेसि दिपेन्द्र निरौला , तालिम निर्देशक जेसि हरिकृष्ण भण्डारी , कोषाध्यक्ष जेसि सन्जय निरौला , लगायतको उपस्थिती रहेको कार्यक्रमको संचालन महासचिव जेसि बिरबहादुर बेघाले गर्नुभएको थियो भने कार्यक्रम समापन सभापती जेसि न्यौपानेले गर्नुभएको थियो ।

