स्वास्थ्य

मेचीनगरमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

मेचीनगर, बैशाख २९ । कोरोना संक्रमणका कारण मेचीनगरमा दुई जनाको हिजो राति मृत्यु भएको छ । मृत्यु हुने दुवै जना मेचीनगर वडा नं. १० का स्थानीय रहेको छन् ।

हिजो बेलुका करीब ८ बजेको समयमा ३९ बर्षिया महिला र ६६ बर्षिय पुरुषको मृत्यु भएको हो । महिलाको मेची अस्पताल भद्रपुरमा र पुरुषको बिर्ता सिटि अस्पताल बिर्तामोडमा उपचारकै क्रममा मृत्यु भएको हो ।

योसंगै कोरोनाको दोस्रो लहर शुरु भएयता मेचीनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यस अघि मेचीनगर ६ का ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।