झापा, जेठ १३ । पूर्वी नाका काँकरभिट्टा स्थित मेची पुलको प्रवेशद्वारमा नेपालको राष्ट्रिय झण्डा लगाइएको छ ।
सञ्चारकर्मी एवम् पाथिभरा प्रिन्टिङ्ग प्रेस काँकरभिट्टाका सञ्चालक विकास देवकोटाको सौजन्यमा दुई वटा राष्ट्रिय झण्डा लगाइएको हो ।

यस अघि लगाइएको झण्डा पुरानो भएको र रङ्ग समेत उडेकाले नयाँ राष्ट्रिय झण्डा लगाइएको सञ्चालक देवकोटाले बताए ।
बोर्डर चेक पोष्टमा खटिएका सशस्त्र प्रहरीको सहयोगमा बिहीबार पूर्वीद्वारमा नयाँ झण्डा लगाइएको राजन पाठकले जानकारी दिए ।

