खेलकुद

मेचीनगर गोल्डकपमा आज आर्मी र धरान भिड्दै

युवराज आचार्य
झापा, वैशाख १५ ।
जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत आज हुने दोस्रो क्वाटरफाईनल खेलमा त्रिभुवन आर्मी क्लब काठमाण्डौं र धरान फुटबल क्लब सुनसरी बिच प्रतिस्पर्धा हुदैछ ।

भरत खवास, नवयुग श्रेष्ठ, गोलरक्षक विकेश कुथुलगायतका राष्ट्रिय खेलाडीले भरिएको आर्मीको सामना गर्नु धरानको लागि सहज भने हुने छैन । तर जारी प्रतियोगितामा च्यासल युथ क्लब काठमाण्डौं लाई जितिसकेको धरान उच्च मनोवलका साथ जित्ने दाउमा मैदान उत्रदै छ । आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । काँकडभिट्टा माविको खेल मैदानमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगिता दिनको ४ बजे देखी हुदैछ ।

बैशाख १२ गते देखी २१ गते सम्म सञ्चालन हुने गोल्डकपमा शनिबार भएको पहिलो क्वाटरफाईनल खेलमा सिएमजी संकटा क्लबले ४–१ को फराकीलो गोल अन्तरले आयोजक मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गरेको थियो ।

१० टिमको सहभागीता रहेको गोल्डकप विजेताले नगद १० लाख १ हजार र उपविजेताले नगद ५ लाख १ हजार सहित ट्रफी पाउनेछन् ।

Leave a Reply

Your email address will not be published.