संघ \संस्था

खाँडादेवीको वक्तित्वकलामा सुदर्शन खाती च्याम्पियन

बाहुण्डाँगी । खाँडादेवी जेसीजको अन्तर मावि बक्तित्वकला प्रतियोगितामा राकाथुम माविका सुदर्शन खाती च्याम्पियन बनेका छन् । शाखाको जेसीज सप्ताह अन्तर्गत तेस्रो दिनको कार्यक्रम अन्तर्गत बक्तित्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । नेपाल जेसीजका राष्टिय अध्यक्ष सिनेटर लालमणी भण्डारीको २०२२ को राष्टिय प्रकरण प्रभावका लागि कार्य विषयक शिर्षकमा प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा खाँडादेवी माविका आयुष केसी दोस्रो र प्रायोगेश्वोर माविका गणेश कार्की तेस्रो भएका छन् ।
शाखाकी अध्यक्ष सम्झना श्रेष्ठको सभापतित्व, खाँडादेवी गाउँपालिकाका प्रशासकिय अधिकृत नारायण लामिछानेको प्रमुख आतिथ्यता तथा नेपाल जेसीजका राष्टिय उपाध्यक्ष जीवन कार्कीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम उपाध्यक्ष रामकुमार श्रेष्ठको संयोजनमा सम्पन्न भएको हो ।