
नरेन इलामेली
इलाम, जेष्ठ २९ । इलामको फाकफोकथुम गाउँपालिकामा प्रहरीले अबैध रुपमा रहेको गाँजा नष्ट गरेको छ ।
मंगलबार प्रहरी चौकी आमचोकबाट खटिएको प्रहरी टोलीले गाउँपालिकाको वडा नम्बर ३ सल्लेरी स्थित सार्वजनिक जग्गा तथा पाखामा रहेको सो गाँजाका बोटहरू नष्ट गरेको हो ।
प्रहरीले सो स्थानमा उम्रिएका गाँजाका बोट फडानी गरी जलाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । गाँजा एक प्रकारको प्रतिबन्धित लागू औषधी हो।

