झापा । जिल्ला स्तरिय बुद्धिचाल प्रतियोगिताको उपाधि राजन सुवेदीले जितेका छन् । झापाको मेचीनगर ६ स्थित काँकरभिट्टा खानेपानीको सभाहलमा बिहिवार सम्पन्न प्रतियोगितामा राजनले उपाधि चुमेका हुन् । उपाधिसंगै उनले नगद २५ हजार नगद सहित ट्रफि प्राप्त गरे ।

प्रतियोगितामा प्रकाशचन्द्र नेपाल दोस्रो भए । त्यस्तै विकास मैनाली तेस्रो र रिसोन थापा चौथो भए । उनीहरुले जनही १५, १३ र १० हजार नगद सहित ट्रफि प्राप्त गरे ।
प्रतियोगितामा उत्कृष्ट १० मा पर्ने सबै खेलाडीलाई नगदसहित पुरस्कृत गरिएको थियो । जस अन्तर्गत पाँचौ स्थानमा हिमाल राई, छैटौंमा विश्व विजय घिमिरे, सातौंमा बिक्रम राई, आठौंमा राज लिम्बु, नवौंमा बलबहादुर तामाङ्ग र दशौं स्थानमा उमेश राई भए ।

उनीहरुलाई मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, बुद्धिचाल संघ कोशी प्रदेश समिति अध्यक्ष सुरेन्द्र राई, मेचीनगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक ह्यदय राजवंशी, रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष अनन्त प्रकाश वस्ती, निवर्तमान अध्यक्ष किशोर (कपिल) क्षेत्री, नाइट चेस क्लब मेचीनगरका अध्यक्ष राजु कार्की, पूर्व अध्यक्ष सुन्दर बस्नेत, प्राज्ञा सदस्य सुभद्रा अर्याल, मेची उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष भूमि पौडेल, नेपाली काँग्रसका नेता सुरेन्द्र बुढाथोकी, रोटरी क्लब अफ मेचीनगरका सविता भेटवाल र निर्मला भण्डारी लगायतले पुरस्कार वितरण गरे।
मेचीनगर नगरपालिकाको आर्थिक सहयोग तथा रोटरी क्लब अफ मेचीनगर, नाइटचेस क्लब र मेची युवा चेस एकाडेमीको संयुक्त आयोजनामा चैत २१ देखि सञ्चालन भएको प्रतियोगितामा झापाका विभिन्न पालिकाबाट १२ बर्षदेखि ७२ बर्षसम्मका ३६ जना खेलाडीले सहभागिता जनाएका थिए ।

रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष अनन्त प्रकाश वस्तीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा स्वागत मन्तव्य नाइट चेस क्लब मेचीनगरका अध्यक्ष राजु कार्कीले गरेका थिए । कार्यक्रम सञ्चालन मेची युवा चेस एकाडेमीका सचिव राजु पौडेलले गरेका थिए भने, उनलाई साथ रोटरी क्लब अफ मेचीनगरका सचिव कृष्ण काफ्ले दिएका थिए ।

