संघ \संस्था

गैर आवासिय नेपाली संघको १२औ क्षेत्रीय भेला इटालीमा सुरु; मन्त्रि ढकालले गरे उद्घाटन

काठमाण्डौ, श्रावण १८ । गैर आवासिय नेपाली संघको १२औ क्षेत्रीय भेला इटालीको रोम शहरमा आयोजना भएको छ । दुई दिवसिय कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले समुद्घाटन गरेका छन्।

कार्यक्रममा बिश्व भरिका गैर आवासिय नेपालीहरु सहभागी भएका छन् । युरोप संयोजक शिव बडुवालको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल सरकार एक नम्बर प्रदेश सभा सांसद बसन्त बानियाको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा युरोप अन्तर्गत सबै राष्ट्रका राजदुतहरु, नेपाल सरकारका सचिव लगायतको ब्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.