खेलकुद

भद्रपुर झापा गोल्डकप : उदघाटन खेलमा आज आयोजक भद्रपुर व्लेजर्स र दार्जिलिङ भिडदै

झापा । आज देखि भद्रपुरमा दोस्रो संस्करणको’भद्रपुर झापा गोल्डकप’ प्रतियोगिता शुरु हुदैछ । मोफसलको चर्चित गोल्डकपको रुपमा परिचित गोल्डकपको आज हुने उदघाटन खेलमा आयोजक भद्रपुर व्लेजर्स र भारतको दार्जिलिङ पुलिस क्लब भिडदैछन् । खेल मेची रंगशालामा दिनको २.३० वजेदेखि हुने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न सौर्य एयरलाइन्स तथा ओमसाइ पाथिभरा हस्पिटल भद्रपुरले मुख्य प्रायोजन गरेको छ । भद्रपुर झापा गोल्डकपका कार्यसमिति सदस्य तथा पूर्व राष्टिय खेलाडी गम्भीर राइको समर्पण गरिएको फुटवल प्रतियोगिताको फागुन १६ गते हुने फाइनलको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल तथा उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ ।

गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता भरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।