विविध

दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

सुनसरी । सुनसरीको कोसी गाउँपालिका– १ लौकहीस्थित खुनियाधारमा गएराति बस र ट्रक दुर्घटनामा मृत्यु भएका सबैजनाको सनाखत भएको छ । मृत्यु हुनेमा बसचालक झापा गोलधापका ४५ वर्षीय सरोज राई, बसको पछाडि सवार भारत पश्चिमबङ्गाल कालचिनी बस्ने २३ वर्षीय निहाल प्रधान र ट्रकचालक बारा निजगढ-९ का २७ वर्षीय शेख फिरोज रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार Read More…

विविध

देशका केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको छ । गएरातिदेखि देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका धेरै स्थानमा मेघ गर्जन,चटयाङ् र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी तथा Read More…

विविध

झापाको बुद्धशान्तिमा हात्ती आतङ्क, संघर्ष समितिले बुझायो ज्ञापनपत्र

झापा । बुद्धशान्ति गाउँपालिकाका सर्वसाधारणले जङ्गली हात्तीबाट जिउधनको सुरक्षा गरिदिन प्रशासन गुहारेका छन् । हात्ती पीडितहरूले आज जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय झापामा सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा विगत छ महिनादेखि स्थानीय आदर्श नमूना सामुदायिक वन क्षेत्रमा दिनभर बस्ने र रात परेपछि गाउँ पसेर दुःख दिने हात्तीको दिगो व्यवस्थापनसहित स्थानीयवासीको जिउधनको Read More…

विविध

आज सहिद दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ । सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । Read More…

विविध

पूर्वीनाकामा फहरायो राष्ट्रिय झण्डा

झापा । पूर्वीनाका काँकरभिट्टा अन्तर्गत मेची पुलमा आज नेपाली राष्ट्रिय झण्डा राखिएको छ । स्थानीय सामाजीक युवाहरुको पहलमा यसअघि पुरानो भएको झण्डालाई हटाउँदै आज नयाँ झण्डा राखिएको हो । मेची पुलमा यसअघि पनि झण्डा राखिएको थियो । तर उक्त झण्डा पुरानो भइरहँदा कसैले पनि यसप्रति खासै चासो देखाएका थिएनन् । पूर्वीनाका नेपाल प्रवेश गर्ने मुख्य Read More…

विविध

खोला ठेक्का प्रकरण : जनताको अवरोध पछि वडा अध्यक्ष कुटिए

बिर्तामोड । अनधिकृत खोला खन्न थालिएपछि अर्जुनधारा सिस्ने निवासी जनताले स्काभेटर र ट्रीपर कब्जामा लिएर फर्काएपछि वडा अध्यक्ष कुटिएका छन् ।  अर्जुनधारा नगर पालिकाले नगरभित्रका खोलाबाट नदिजन्य पदार्थ निकाल्नका लागि ९ करोडमा ठेक्का लगाएको छ। तर स्थानीयबासीसग समन्वय नगरी खोला खन्न थालिएपछि उनीहरुले आपत्ति जनाउदै थिए । सोही क्रममा कैजले वरपरका बासिन्दाले खोला खन्न रोक Read More…

विविध

भोलि हुने राष्ट्रिय सभा चुनावको सबै तयारी पूरा

काठमाडौं । भोलि हुने राष्ट्रिय सभा चुनावको सबै तयारी पूरा भएको छ । मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । आयोगले मतदानका लागि आठवटा मतदानस्थल Read More…

विविध

मेचीनगरमा जंगली हात्तीको आतंक बढ्न थाल्यो

झापा । उत्तरी मेचीनगरमा जंगली हात्तीको आतंक फेरी बढ्न थालेको छ । सिमामा लगाइएको विद्युतिय तारबार भत्काएर हात्ती नेपाल प्रवेश गर्न थालेसगैँ बाहुण्डाँगी क्षेत्रमा हात्तीको आतंक बढेको हो । गएराति मात्रै विद्युतिय तारबार भत्काएर नेपाल आएका दुईवटा हात्तीले मेचीनगर ४ का स्थानीयले लगाएका तरकारीबाली नष्ट गरिदिएको छ । रातको समयमा आएका दुई वटा हात्तीले खन्ने Read More…

विविध

मेची पुलदेखि कोशी पुलसम्म सिसी क्यामेरा जडान गरिने

झापा । प्रदेश नं  १ सरकारले कोशी पुलदेखि मेची पुलसम्म र विराटनगरको रानीदेखि धरानसम्म सिसी क्यामेरा जडान गर्ने भएको छ ।  प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले आज सञ्चारकर्मीसँग कुरा गर्दै शान्ति सुरक्षालाई  ध्यानमा राखी ती स्थानका मुख्य राजमार्ग क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागिएको जानकारी दिए ।उनले भने ,“सिसी क्यामेरा जडान गर्नका लागि आवश्यक Read More…

विविध

धनीपूर्जा छ, नक्सा छ तर जग्गा गायब !

झापा । झापा मेचीनगर–१० धुलाबारीस्थित नीलकण्ठ टोलका बासिन्दाको नम्बरी जग्गा गायब भएको छ । जग्गाधनीसँग धनीपूर्जा, नक्सा सबैथोकको कानूनी प्रमाण हुँदाहुँदै पनि नापी कार्यालय झापाले जग्गा खोला (नाला) मा भएको भन्दै हाल साविक गर्न रोक लगाएको हो । जग्गाधनीहरुले उक्त जग्गा लामो समयदेखि भोगचलन गर्दै आएका छन् । तर, नापी कार्यालयका कारण उनीहरु जग्गाविहीन हुन Read More…