झापा। प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले चार जना युटुवरलाई पक्राउ गरेको छ । चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गरेको आरोपमा ४ जनाा युट्यबुरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा दैनिक खबर च्यानलका सञ्चालक दाङको तुलसी उपमहानगरपालिका–१७ घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबर च्यानलका सञ्चालक Read More…
विविध
विवाह गर्न नमानेपछि बलात्कार गरी भीरबाट लडाएर हत्या
ताप्लेजुङ। शुक्रबार मृत अवस्थामा भेटिएकी १८ वर्षीय पुष्पा लिम्बूको योजनाबद्ध रूपमा हत्या भएको प्रहरीले जनाएको छ। घटनाबारे भएको प्रारम्भिक अनुसन्धानका क्रममा सुनियोजितरूपले हत्या भएको देखिएको प्रहरीले जनाएको हो। हत्या आरोपमा फुङलिङ नगरपालिका–१० का ट्र्याक्टर चालक राम कार्कीलाई पक्राउ गरी भएको अनुसन्धानका क्रममा योजनाबद्ध रूपले हत्या भएको पाइएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बालनरसिंह Read More…
नदीजन्य सामाग्री उत्खनन् गर्न पाउनुपर्ने माग गर्दै व्यवसायीहरुको प्रदर्शन
मेचीनगर, असोज ७ । नदीजन्य सामाग्री उत्खनन् गर्न पाउनुपर्ने माग गर्दै मेचीनगरका ट्याक्टर व्यवसायीहरुले आज नगरपालिका अगाडी ट्याक्टर सहित प्रदर्शन गरेका छन् । असोज १ गतेबाट सबैतिर नदीजन्य सामाग्री उत्खनन् गर्न लगाइएको प्रतिबन्ध हटिसक्दा पनि मेचीनगरमा भने प्रतिबन्ध कायमै रहेकाले बाधयताबस आज नगरपालिका अगाडी प्रदर्शन गर्नुपरेको व्यवसायीहरुको भनाई थियो । असार, साउन र भदौ महिनामा Read More…
महा मानव डा गोपाल गुरुङ पुस्तकको बिमोचन
झापा, असोज ५ । मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रीय प्रेसिडेन्ट बुद्ध लाल मेचेद्वरा लिखित पुस्तक महा मानव डा गोपाल गुरुङको एक कार्यक्रमको बीच बिमोचन भएको छ । झापाको मेची नगर पालिका २ मा रहेको मंगोल रिसर्च सेन्टरको सभाहलमा मंगोल भिजन राष्ट्रिय साप्ताहिकले आयोजना गरेको एक कार्यक्रमका बीच संगठनका वरिष्ठ केन्द्रीय सदस्यदय शान्तिलाल धिमाल र दिलिप याङ्मा Read More…
शक्ति केन्द्रका आडमा लाखौं ठग्ने पक्राउ
काठमाडौं, भदौ ३०। रुमेश कट्वालका नामले चिनिने रुसिल कट्वाललाई महानगरीय अपराध महाशाखाले ठगी प्रकरणमा नियन्त्रणमा लिएपछि उनका अनेक हर्कतबारे खुलासा भएका छन् । युवा संघ सचिवालय सदस्य कट्वालको काम नै धोकाधडी, ठगी गर्ने रहेको प्रहरीको बुझाई छ। यसबाहेक एमालेका उच्च तहका नेतासँग तस्बिर खिचाउने र त्यसैका आडमा आफू शक्ति केन्द्रमा रहेको भन्दै मानिसलाई धम्क्याउनेसम्मका काममा कट्वालको Read More…
झापामा जनगणनाका लागि सुपरिवेक्षक परिचालन
झापा, भदौ ३० । आजदेखि सुरु गरिएको पहिलो चरणको जनगणनाको तथ्याङ्क सङ्कलनका लागि जिल्लाका १३१ वडामा १५० सुपरिवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालय झापाका प्रमुख चुडामणि लुइँटेलले बताउनुभयो । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२औँ जनगणना २०७८ देशभर सञ्चालन भएको छ । उहाँले पहिलो चरणको कार्यक्रम अन्तर्गत सुपरिवेक्षकले घरघरमा पुगेर परिवारको सङ्ख्याको विवरण, Read More…
सामूहिक हत्याका आरोपी लोकबहादुरलाई आज सार्वजानिक गर्दै प्रहरी
सङ्खुवासभा, भदौ २७ । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मादी–१ उम्लिङ खोला गाउँका २६ वर्षीय लोकबहादुर कार्कीलाई शनिबार पक्राउ गरेको छ । हत्यामा संलग्न देखिएका लोकबहादुरलाई आज(आइतबार) चैनपुरमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी Read More…
छिमेकी धनी भएको आरिसमा परिवारकै हत्या
संखुवासभा, भदौ २६ । संखुवासभाको मादी नगरपालिका–१ उमलिङ खोलाका तेजबहादुर कार्कीको परिवारको हत्या उनकै भतिजाले गरेको निष्कर्षमा प्रहरी पुगेको छ। तेजबहादुरको भन्दा लगभग डेढ सय मिटरको दुरीमा घर रहेका २६ वर्षीय लोकबहादुर कार्कीले परिवारका ६ जनाकै हत्या गरेको भन्ने निष्कर्षमा प्रहरी पुगेको छ । ५ दिनको अनुसन्धानपछि प्रहरीले नाताले तेजबहादुरको भतिज पर्ने लोकबहादुरलाई पक्राउ गरेको Read More…
संखुवासभामा भएको सामूहिक हत्याकाण्डको आरोपी पक्राउ
काठमाडौं, भदौ २६ । संखुवासभामा भएको सामूहिक हत्याकाण्डको आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीले आफ्नो अपराध स्वीकार गरेको प्रहरी स्रोतले बताएको छ । स्रोतका अनुसार ६ जनाको हत्या गर्ने लाेकबहादुर कार्की रहेका छन् । कार्की हत्या भएका परिवारकाे आफ्नै खलक रहेका छन । लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको रड र रगतले लतपतिएको कपडा भटिएपछि Read More…
तीजको नाच हेर्ने गएकी १७ वर्षीया किशोरीको सामूहिक बलात्कार, ३ जना पक्राउ
दाङ, भदौ २६ । दाङमा प्रहरीले किशोरीलाई बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ। तीजको नाच हेर्ने गएकी १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने ३ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका–७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यम बहादुर मास्की र २७ वर्षीय विनाराम मर्साङी रहेका छन्। प्रहरीका अनुसार ती Read More…









