अर्थ

अब अर्को बैंकको एटिएमबाट पैसा झिक्दा २० रुपैयाँ शुल्क लाग्ने

काठमाडौं, पुस २३ । राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको छ । बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै बैंकले एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने व्यवस्था गरेको हो । यद्यपि राष्ट्र बैंकले महिनामा दुई पटक मात्रै अन्तर बैंक एटिएम प्रयोग गर्दा Read More…

अर्थ

मेचीनगर साकोसले गर्यो २० जनालाई सम्मान

मेचीनगर, पुस १९ । मेचीनगर बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारणसभा संस्थाकै सभाहलमा हालै सम्पन्न भएको छ । साधारणसभामा सहकारीमा नियमित रुपमा बचत गर्ने असल बचतकर्ता र असल ऋणिसहित २० जनालाई सम्मान गरिएको थियो । संस्थाका विभिन्न सेवा केन्द्रका उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि डिल्ली दाहालले नगद, दोसला र सम्मान पत्रले सम्मान गरेका थिए Read More…

अर्थ

सांसद बानियाँद्वारा त्रिवेणी खोलामा पक्की पुलको शिलान्यास

भद्रपुर, पुस १७ । प्रदेश नम्बर १ का सांसद वसन्त बानियाँले भद्रपुर नगरपालिका १ स्थित त्रिवेणी खोलामा पक्की पुलको शिलान्यास गरेका छन् । पूर्वाधार विकास कार्यक्रम अन्तर्गत १५.४० मिटर लम्बाई र ८.४० मिटर चौडाइ रहेको सो पुलको सांसद बानियाँले शुक्रवार एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन । रकमको कारण निर्माण कार्य अवरोध हुन नदिने प्रतिबद्धता Read More…

अर्थ संघ \संस्था

बिन्ति बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्न

मेचीनगर, पुष ४ । झापाको मेचीनगर–८ स्थित खडियाबस्तीमा कार्यालय रहेको बिन्ति बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ झापाका सदस्य दुर्गाप्रसाद सापकोटाले सहकारी अभियानले आम मानिसको जीवनस्तर रुपान्तरण गरेको उल्लेख गर्दै सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानको एउटा शसक्त क्षेत्र सहकारी भएकाले Read More…

अर्थ संघ \संस्था

महेन्द्रद्वारको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

मेचीनगर, पुष ३ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित काँकरभिट्टामा रहेको महेन्द्रद्वार सहकारी संस्थाको नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण तथा पद हस्तान्तरण कार्याक्रम सम्पन्न भएको छ । एक कार्यक्रमका बिच नवनिर्वाचित कार्यसमितिलाइ शुक्रबार संविधान सभा सदस्य रविन कोईरालाले सपथ ग्रहण तथा पद हस्तान्तरण गराएका थिए । संस्थाको कार्यालय परिसरमा मंसिर ३० गते बसेको नगरका Read More…

अर्थ

दूध नबिक्दा समस्यामा किसान, दैनिक १३ लाख क्षति

इलाम, पुष १ । विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन थालेको छ । ‘मिल्क होलिडे’बाट मुक्त भएको केही समयमै दुग्ध वितरण केन्द्रले विभिन्न वहानामा दूध लिन छाडेपछि किसान चिन्तामा परेका हुन् । पछिल्लो एक सातायता दुग्ध वितरण आयोजना विराटनगरले दूध प्रशोधन गर्ने रसायन अभाव भएको भन्दै दूध लिन छाडेको Read More…

अर्थ संघ \संस्था

गृहलक्ष्मी साकोसको सेवा अब इटाभट्टामा पनि

मेचीनगर, मंसिर २८ । गृहलक्ष्मी बचत तथा ऋण सहकारी सस्थाको मेचीनगर–७ इटाभट्टामा सेवा केन्द्र सञ्चालन गरिएको छ । मेचीनगर–९ धुलावारी बजारमा मुख्य कार्यालय रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी सस्थाको आइतवार एक कार्याक्रमका बिच इटाभट्टामा सेवा केन्द्रको उद्घाटन गरिएको हो । प्रदेश सांसद माननिय गोपालचन्द्र बुढाथोकीले कार्यालयको रिवन काटेर उद्घाटन गरेका थिए । कार्याक्रममा मेचीनगर–७ Read More…

अर्थ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, मंसिर २८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले वृद्धि गरेको मूल्य शनिबार रातिदेखि नै लागू भएको छ ।निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ तथा पेट्रोलमा एक रुपैयाँ मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसन ९आईओसी०ले डिसेम्बर १ मा पठाएको मूल्यसूचीको आधारमा स्वचालित मूल्यअनुसार स्थानीय बजारमा पनि मूल्य Read More…

अर्थ संघ \संस्था

मखमली महिला साकोसको साधारण सभा सम्पन्न, तीन जना सम्मानित

मेचीनगर, मंसिर २७ । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाका सचिव लिलाप्रसाद भण्डारीले सहकारीको आर्थिक पक्षलाई चलायमान बनाई राख्न कर्मचारी वर्गले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । काँकरभिट्टास्थित मखमली महिला बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रमको उद्घाटन सत्रका Read More…

अर्थ

कर्मचारीको दादागिरी, घुस लिएको भिडियो खिचेका पत्रकारलाई कार्यालय परिसरभित्रै कुटे

झापा, मंसीर १६ । मालपोत कार्यालयमा घुस लेनदेनको भिडियो खिचेको भन्दै झापाका एक पत्रकारमाथि कार्यालय परिसरभित्रै आक्रमण भएको छ। मालपोत कार्यालय दमकमा मंगलबार दिउँसो ४ बजे माउन्टेन टेलिभिजनका झापा संवाददाता र अनुसन्धान मिडियाका पत्रकार खगेन्द्र घिमिरेमाथि आक्रमण भएको हो। कार्यालयभित्रै पत्रकार घिमिरेमाथि कर्मचारी इन्द्र राजवंशीसहित लेखापढी व्यवसायीले आक्रमण गरेका हुन्। आक्रमणमा उनलाई सामान्य चोट लागेको Read More…