झापा । झापा गोल्ड कपले ११२ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर अखिल नेपाल महिला फुटबल संघकी अध्यक्षलाई सम्मान गरेको छ । मंगलबार डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो क्वार्टर फाइनल खेलको मध्यान्तरमा संघकी अध्यक्ष बिन्द्रा देवानलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए । लामो समयदेखि महिला फुटबलमा पुर्याएको योगदानको Read More…
खेलकुद
थ्री स्टारलाई पराजित गर्दै संकटा सेमिफाइनलमा प्रवेश
झापा । थ्री स्टार क्लबलाई पराजित गर्दै संकटा क्लब काठमाडौँ पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको दोस्रो क्वाटरफाइनल खेलमा थ्री स्टारलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । संकटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे । खेलको Read More…
बुद्धशान्ति ६ मा वडास्तरिय भलिबल हुँदै
शान्तिनगर । झापा बुद्धशान्ति ६ मा वडास्तरिय भलिबल प्रतियोगीता आयोजना हुने भएको छ । वडाको खेलकुद बिकास समितिको आयोजनामा ठुटेबरको प्राङ्गणमा हुने उक्त प्रतियोगिता यहि फाल्गुन २७ गते ९ बजे उद्घाटन र २८ गते समापन हुने छ । वडामा रहेका भलिबल खेलप्रेमीहरुको प्रतिभालाई उजागर गर्न प्रतियोगीता आयोजना गर्न लागिएको समितिका अध्यक्ष खगेन्द्र पौडेलले जानकारी दिनुभयो Read More…
झापा गोल्डकपः आज संकटा र थ्री स्टार भिड्दै, नारी दिवसमा महिलालाई प्रवेश निःशुल्क
झापा। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी पाँचौं झापा गोल्डकपमा मंगलवार महिलाहरुका लागि विशेष छुटको व्यवस्था गरिएको छ । मुल आयोजक समितिका अनुसार ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिलालाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । महिलाले मंगलवारको खेल हेर्न कुनै पनि शुल्क तिर्नु नपर्ने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । आजको Read More…
एपिएफलाई हराउदै सातदोबाटो सेमिफाइनलमा प्रवेश
झापा । एपिएफ फुटबल क्लबलाई पराजित गर्दै सातदोबाटो युथ क्लब काठमाडौं विर्तामोडमा जारी पाँचौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मोफसलकै प्रतिष्ठित एवं लोकप्रिय मानिएको झापा गोल्डकपको पाँचौँ संस्करण अन्तर्गत डोमालाल राजवंशी रंगशालामा आज भएको पहिलो क्वाटरफाइनल खेलमा एपिएफलाई २–१ गोल अन्तरले पराजित गर्दै सातदोबाटो अन्तिम चारमा प्रवेश गरेको हो । योसंगै सातदोबाटो प्रतियोगिताको Read More…
झापा गोल्डकपको पहिलो क्वार्टरफाइनलमा आज एपिएफ र सातदोबाटो भिड्दैं
झापा । जारी पाँचौँ संस्करणको झापा गोल्डकपमा आज (सोमबार) शसस्त्र प्रहरीको एपिएफ क्लब र सातदोबाटो युथ क्लब काठमाडौं बीच पहिलो क्वार्टरफाइनलका खेल हुदैछ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने मोफसलकै सर्वाधिक लोकप्रिय पाँचौ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेलमा आज एपिएफ र सातदोबाटो दुवै टिम नतिजा आफ्नो पक्षमा पार्दै अन्तिम चारमा सुरक्षित हुने दाउमा हुनेछन् । Read More…
झापा गोल्डकपः पुलिसलाई हराउँदै संकटा क्वाटरफाइनलमा प्रवेश
झापा । नेपाल पुलिस क्लबलाई पराजित गर्दै संकटा युवा क्लब झापाको विर्तामोडमा जारी पाँचौँ झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा पुलिसलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले आफ्नो क्वाटरफाइनलको यात्रा सुरक्षित गरेको हो । अत्यन्तै प्रतिष्पर्धात्मक बनेको खेलमा संकटाका उत्तम राईले ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो Read More…
पाँचौं झापा गोल्डकपको दोस्रो दिन आज, पुलिस र संकटा भिड्दैं
झापा । पाँचौँ संस्करण झापा गोल्डकपको आज दोस्रो दिन ए डिभिजनका दुई टिम प्रतिस्पर्धा गर्दैछन् । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेलमा संकटा युवा क्लबको सामाना नेपाल पुलिस क्लबले गर्दैछ । ए डिभिजन लिगमा संकटा सातौँ र पुलिस ११औँ स्थान रहेका टिम हुन् । यी दुई टिम बिचको खेल अत्यन्तै प्रतिस्पर्धात्मक हुने आयोजकले जनाएको छ Read More…
पाँचौं झापा गोल्डकपः सातदोबाटो युथ क्लबको विजयी सुरूआत
झापा । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सातदोबाटो युथ क्लब झापाको बिर्तामोडमा शनिबारबाट सुरु भएको पाँचौँ संस्करणको झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सातदोबाटोले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । टाइब्रेकरमा जावलाखेलका लागि विदेशी खेलाडी जुनियर र सुरजजीउ ठकुरीले प्रहार गरेको बल सातदोबाटोका गोल Read More…
झापा गोल्ड कप आजदेखि, उद्घाटनमा सातदोबाटो र जावलाखेल भिड्दै
झापा । झापाको विर्तामोडमा आजदेखि मोफसलकै प्रतिष्ठित एवं लोकप्रिय मानिएको झापा गोल्डकपको पाँचौं संस्करण हुँदैछ । उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब भिड्दैछन् । दिउँसो २ः३० बजे डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने आयोजक झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए ।. गोल्डकपको विजेताले Read More…










