विविध

२ महिलालाई ललाई फकाई बेच्न खोज्नेे श्रीमान् -श्रीमती पक्राउ

पर्सा, जेठ २२ । मानव बेचबिखन गरेको आरोपमा प्रहरीले श्रीमान-श्रीमतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार पूर्वी चम्पारण ठेगाना भएका २७ वर्षीय अस्गर सैफी र उनकै श्रीमती तनहुँ दमौली नगरपालिका-५ ठेगाना भएकी २६ वर्षीया सकिना खातुन भन्ने सीता थापा क्षेत्री रहेका छन् । उनीहरूले गोरखा घर भएका २ जना महिलालाई बाँके नेपालगञ्जको मन्दिरमा Read More…

विविध

गन्धर्वको पीडा : रोगले भन्दा पनि भोकले मर्ने भइयो

झापा, जेठ २०। देशका विभिन्न कुना कन्दरासम्म पुगेर सारङ्गीको धुनमा गीत गाएर परिवार धान्दै आएको गन्धर्व जाति कोभिड–१९ को महामारीको कारण आर्थिक सङ्कटमा परेको छ । नेपालकै होचो स्थान कचनकवल गाउँपालिका–२ मा बसोवास गर्दै आएका गन्धर्वका ४५ परिवार विहान बेलुकाको छाक टार्ने खाद्यान्न नहुँदा भोकमरीमा परेका हुन् । सारङ्गी रेटेर घरघर पुग्ने र मीठो लयमा गीत Read More…

विविध

दरबार हत्याकाण्डको २० औं वर्ष, घटना अझै रहस्य नै

काठमाडौं, जेठ १९ । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन । पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार Read More…

विविध

वेगसहित हावाहुरीको सम्भावना, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

झापा, जेठ १४ । बङ्गालको खाडीमा विकास भएको ’यास’ चक्रवातले नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने भएकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले शुक्रबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार चक्रवात भारतको पूर्वी क्षेत्र उडिसा र पश्चिम बङ्गालमा अवतरण भएसँगै पश्चिम–उत्तरबाट पश्चिम सर्ने क्रममा कमजोर हुँदै न्यून चापीय क्षेत्रका Read More…

विविध

पूर्वी नाकाको प्रवेशद्वारमा नेपालको राष्ट्रिय झण्डा लगाइयो

झापा, जेठ १३ । पूर्वी नाका काँकरभिट्टा स्थित मेची पुलको प्रवेशद्वारमा नेपालको राष्ट्रिय झण्डा लगाइएको छ । सञ्चारकर्मी एवम् पाथिभरा प्रिन्टिङ्ग प्रेस काँकरभिट्टाका सञ्चालक विकास देवकोटाको सौजन्यमा दुई वटा राष्ट्रिय झण्डा लगाइएको हो । यस अघि लगाइएको झण्डा पुरानो भएको र रङ्ग समेत उडेकाले नयाँ राष्ट्रिय झण्डा लगाइएको सञ्चालक देवकोटाले बताए । बोर्डर चेक पोष्टमा Read More…

विविध

यास चक्रवातको असरः देशका धेरै ठाउँमा वर्षा

झापा,जेठ १२ । नेपालमा बंगालको खाडीमा विकसित यास नामक चक्रवातको आंशिक प्रभाव परेको छ । चक्रवातको असरका परेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । हिजो बेलुकादेखि नै देशका धेरै ठाउँका पानी परिरहेको छ । गण्डकी, कर्णाली र वाग्मती प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ Read More…

विविध

मेचीनगर र बुद्धशान्तिमा आज दिनभर विद्युत अवरुद्ध हुने

झापा, जेठ १ । झापाको मेचीनगर र बुद्धशान्तिमा शनिबार लामो समय विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण धुलावारी वितरण केन्द्रले दिएको जानकारीमा ९ घण्टा विद्युत प्रसारण बन्द हुनेछ । नेपाल बिद्युत प्राधिकरण धुलाबारी ३३/११ के.भी. सबस्टेशनको पावर ट्रान्सफर्मरको मर्मत तथा नयाँ सिटि जडान गर्नु पर्ने भएकाले मेचीनगर नगरपालिका तथा बुद्धशान्ति गाउँपालिका क्षेत्रका Read More…

विविध

यो वर्ष बढी वर्षा हुने,सावधानी अपनाउन जल तथा मौसम विभागको सुझाव

काठमाडौं, बैशाख २३ । यसपालीको मनसुनका समयमा मुलुकका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदशेका अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सदरदभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । त्यहाँ ३५ देखि Read More…

विविध

मेचीनगरको एउटा सिंगै वडामा खानेपानीको अभाव, १ हजार बढी घरपरिवार शुद्ध पिउने पानीको पर्खाइमा

नवराज सुबेदीमेचीनगर, बैशाख १४ । शुद्ध पिउने पानी सहज ढंगले उपभोग गर्न पाउनु हरेक नागरिकको आधारभुत आवयश्यक्ता हो । देशका सबै नागरिकको सहज पहुँचमा खानेपानी पु¥याउने सरकारको पनि निति छ । तर आज पनि देशका अधिकांश भेगका मानिसहरु खानेपानीको सहज पहुँचमा पुग्न सकेका छैनन् । देशकै पूर्वी जिल्ला झापा मेचीनगरको एउटा सिंगै वडा अहिले पनि Read More…

विविध

पर्यटकिय गन्तव्य जौबारी, तुम्लिङ मेघ्मा (फोटो फिचर)

नरेन इलामेली इलाम, बैशाख ५ । नेपाल र भारतको सीमावर्ती क्षेत्र जौबारी, तुम्लिङ, मेघ्मा माइजोगमाई गाउँपालिकाको प्रमुख पर्यटकिय गन्त्व्य हो । ढकमक्क लालीगुराँसले ढाकिएको जौबारी पुग्दा विश्वको तेश्रो अग्लो हिमाल कञ्चनजंघा हिमाललाई आँखै अगाडी नियाल्न सकिन्छ । माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारबाट नयाँबजार, थुम्के, जौबारी सडक खण्डको करिब १ घण्टा ३० मिनेटको यात्रामा पुग्न सकिन्छ जौबारी Read More…