कनकाई, पुस १५ । कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेललाई पितृशोक परेको छ । उनका पिता गणेशप्रसाद पोखरेलको ८७ बर्षको उमेरमा बुधवारसाँझ बिर्तामोडस्थित वीएण्डसी हस्पिटलमा निधन भएको हो । कनकाई नगरपालिका १ दुर्गापुर निवासी पोखरेल तत्कालीन सुरुङ्गा गाउँ पञ्चायतको चार कार्यकालसम्म प्रधानपञ्चमा निर्वाचन भई गाउँवासीको सेवा गरेका थिए । केही बर्षअघि मुटुको शल्यक्रिया गरिएको थियो भने Read More…
विविध
मेची–महाकाली सडक मानव उद्धार अभियानको शुरूवात पुर्वको काँकडभिट्टाबाट सुरु
झापा, पुस ९ । देशभरका ७७ वटै जिल्लामा सहयोगापेक्षी बेसहारा,असहाय सडकमानवहरूको मानवोचित व्यवस्थापन तथा मानवता प्रवर्द्वनका लागि मेची–महाकाली अभियानको शुरूवात पुर्वको काँकडभिट्टा बाट शुरू भएको छ। आज पुर्वी नाका काँकडभिट्टा स्थित अनुसन्धान अनलाइन मिडिया प्रालिको प्राङ्गणमा उक्त अभियानका अभियान्ताहरूलाई मेचिनगर नगरपालिका ,मेचिनगर नगरपालिका वडा नं–६ को कार्यालय , अनुसन्धान मिडिया प्रालि र हाम्रो अभियान मेचिनगर Read More…
अभिषेकले वृक्षरोपण गरेर मनाए जन्मोत्सव
झापा, पुस ८ । हल्दिबारी गाउँपालिका का सामाजिक अभियान्ता अबिषेक खतिवडा अबिले वृक्षरोपण गरेर आफ्नो जन्म दिन मनाएका छन् । जन्मदिनको नाममा धेरै ले लाखौं रकम र फजुल खर्च गरेर साथीभाइसँग पार्टी मनाएर जन्मदिन मनाउने गरेको आफू लाई मन नपर्ने भएका ले खतिवडा सबैलाइ फाइदा हुने, परोपकारी कार्य र बिरुवा रोप्ने कार्य आफ्नो जन्म दिन Read More…
नाका खुलाउन माग गर्दै काँकरभिट्टामा धर्नामा बसेकाहरुलाई प्रहरीद्वारा हस्तक्षेप
मेचीनगर, पुष १ । नेपाल–भारत सीमा नाका खुलाउनु पर्ने माग राख्दै काँकरभिट्टामा दिनहुँ प्रदर्शन हुन थालेको छ । प्रदर्शनको छैठौँ दिन आज नाकामा सयौँको उपस्थितिमा धर्ना र र्यालीको कार्यक्रम गरिएको थियो । स्थानीय यातायात व्यवसायी, होटल व्यवसायी, ट्राभल व्यवसायीलगायतले नाका खुलाउन माग गर्दै हस्ताक्षर सङ्कलन अभियान, शान्तिपूर्ण र्याली र धर्ना जस्ता कार्यक्रम गर्दै आएका छन् Read More…
नयाँ चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने
काठमाडौँ, मंसिर २९ । नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ । झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयसँगको छलफलमा तत्काल खुलाउन Read More…
सांसद कार्कीद्वारा निन्दाखोला सिंचाई आयोजनाको शिलन्यास
मेचीनगर, मंसिर २८ । मेचीनगर नगरपालिमा निन्दाखोला सिंचाई आयोजना सञ्चालनमा आउने भएको छ । प्रदेस सरकार भौतिक तथा पुर्वाधार विकाश मन्त्रालयबाट कुल ५ करोड ३४ लाखको लागतमा बन्न लागेको मेचीनगर वडा नम्बर ८ स्थित निन्दाखोला सिंचाई आयोजनाको एक कार्यक्रमका बिच आईतबार संघिय सांसद सुरेन्द्र कुमार कार्की (पार्थ) ले सिंचाई आयोजनाको शिलन्यास गरेका छन् । सिंचाई Read More…
भारतबाट ल्याईएको वासमति चामलको वोरोभित्र मरेको मुसा र औषधीको पोको
काठमाडौं, मंसिर २६ । भारतको नयाँ दिल्ली स्थित ‘जय हिन्द राइस ट्रेडर्स अलिपुर’ द्वारा उत्पादन र प्याकिङ गरि नेपाल ल्याईएको चामलको वोरामा मरेको मुसा र औषधीका पोका फेला परेका छन् । मोरङको पथरीशनिश्चरे–१ स्थित यलम्बर चोकमा रहेको अटल किराना पसलबाट खरिद गरिएको वासमति चामलको वोरोमा यस्तो अखाद्य वस्तु फेला परेको हो । पथरी शनिश्चरे २ Read More…
धान झार्न लगाएको थ्रेसरबाट आगोलागि
झापा, मंसीर १७ । झापाको हल्दिबारी गाउँपालिका वडा नं ३ मा कुन्युमा धान झार्न लगाएको थ्रेसरबाट परालमा आगोलागी भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हल्दिबारी गाउँ कमिटी वडा नं ३ का पार्टी वडा अध्यक्ष दिपक बन र स्थानीय श्याम महतो को अन्दाज ६/७ बिगा कुन्यु को थ्रेसर लगाएको पराल मा करिब ४ः०० बजे देखि Read More…
आजदेखि पूर्वराजा वीरेन्द्रको निजी निवास अवलोकन गर्न पाइने
काठमाडौं, मंसीर ७ । पूर्वराजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतवार आजदेखि अवलोकन गर्न पाइने भएको छ । शनिबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई ‘श्री सदन’ अवलोकनको औपचारिक शुभारम्भ गरेका छन् । आइतवारदेखि सर्वसाधारणले समेत अवलोकन गर्न पाउने नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए । श्री सदनमा Read More…
बलत्कार बिरुद्ध अन्जानीमोड युथ क्लबको प्रदर्शनी
झापा, असोज ३० । झापाको भद्रपुर–७ स्थित अन्जानी मोड युथ क्लबले बलत्कार बिरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेको छ । क्लबले शुक्रबार साझ अन्जानी मोडबाट निकालेको र्याली चोक परिक्रमा गरेर कोण सभामा परिणत भएको थियो । र्यालीमा सहभागी सबैले बलत्कारीलाई कडा भन्दा कडा कार्वाही गर अन्यायमा परेका चेलीलाई न्याय देउ लगायतका नारा लगाएका थिए । त्यसैगरी क्लबले Read More…










