विविध

सार्वजनिक यातायात केन्द्रीय महासंघद्वरा सार्वजनिक यातायात सञ्चालन नगर्ने घोषणा

काठमाडौं, असार २६ । सार्वजनिक यातायात केन्द्रीय महासंघले सार्वजनिक यातायात सञ्चालन नगर्ने घोषणा गरेको छ । सरकारले विश्व स्वास्थ्य संगठनको मापदण्डलाई पालना गर्दै सार्वजनिक यातायात सन्चालन गर्न दिने निर्णय गरेको भोलिपल्ट यातायात महासंघले पत्रकार सम्मेलन गर्दै यथास्थितिमा यातायात सञ्चालन नगर्ने घोषणा गरेको हो । सरकारले पूर्व तयारीविना आफूहरुलाई हचुवाका भरमा सार्वजनिक यातायात सञ्चालन गर्न भनिएको Read More…

विविध

पार्टी सदस्य र सांसदबाट बर्खास्त भईन् सरिता गिरी

काठमाडौं, असार २३ । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टी र संसद सदस्यबाट निष्कासित भएकी छन् । सांसद गिरीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप परिवर्तन गर्न भएको संविधान संशोधन बहिस्कार गरेकी थिइन् । पार्टीले संशोधनको पक्षमा मत हाल्न ह्वीप जारी गरेको थियो ।

विविध

मासु पसलमा किशोरी बलात्कृत

काठमाडौं, असार २२ । कपनको मासु पसलमा १४ बर्षीया किशोरी बलात्कृत भएकी छिन् । कपनमा मासु पसल चलाउने ४० बर्षीय बेद बहादुर गुरुङले ललाई फकाई किशोरीलाई बलात्कार गरेको बताइएको छ । शनिवार राति ‘घर पुर्‍याईदिन्छु’ भनेर बेद बहादुरले किशोरीलाई आफ्नो मासु पसलमा लगे । मासु पसलभित्र उनले बलात्कार गरेको किशोरीले प्रहरीलाई बयान दिएकी छिन् । Read More…

विविध

स्थानियलाई थाहै नदिई मेचीनगरले सुरु गर्यो डम्पिङ साईड

युवराज आचार्यमेचीनगर, असार २० । मेचीनगर नगरपालिकाले स्थानिय कृषकहरुले भोक जोत गर्दै आएको जमिन हडपेर बिना जानकारी नै फोहोर व्यवस्थापन गर्न भन्दै डम्पिङ साईड बनाउन थाले पछि सरोकारवाला किसानहरुले त्यसको बिरोध गरेका छन् । नगरपालिकाले आफुहरुलाई अपहेलना गरेको गर्दै किसानहरुले सो कार्यको बिरोधका लागि संगर्ष समिति नै खडा गरेर अगाडी बढेका छन् । बर्षौ देखि Read More…

विविध

आज धान दिवस अर्थात् असार पन्द्र दही चिउरा खाने दिन

काठमाडौँ, असार १५ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक Read More…

विविध

रुकुम हत्याकाण्ड बिरुद्ध झापामा सिट्ठी जुलुस (फोटोफिचर)

झापा, असार ११ । गत जेठ १० गते रुकुम पश्चिममा जातीय विभेदका कारण ६ जनाको ज्यान जाने गरी भएको नरसंहारबिरुद्ध झापाको धुलाबारीमा दिउसो सिट्ठी बजाएर प्रदर्शन गरिएको छ । बिहीबार धुलाबारी बजारमा जिल्लाका विभिन्न स्थानबाट मानिसहरु भेला भएर सुरु भएको प्रदर्शन कोण सभामा परिणत भएको थियो । दलित उत्थान समन्वय समिति मेचीनगरको आयोजनामा उक्त बिरोध Read More…

विविध

श्रीमानद्वारा श्रीमतीको हत्या

काठमाडौं, असार ११ । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले टोखाबाट एक जनालाई पक्राउ गरेको छ । आफ्नै ४० वर्षीया श्रीमती सलिना बानियाँ खड्काको हत्या गरेको अभियोगमा टोखा नगरपालिका–३ बानियाटार हाईट बस्ने ४३ वर्षीय कृष्ण हरि बानियाँलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार कृष्णले धारिलो हतियार चक्कु प्रहार गरी सलिनाको हत्या गरेका थिए । Read More…

विविध

आज दिनभर वर्षा हुने

काठमाडौं, असार ११ । देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा आज भारी वर्षाको सम्भावना रहेको मौसमविद् सविना शाक्यले जानकारी दिइन । उनले Read More…

विविध

आज खण्डग्रास सूर्यग्रहण, झापामा बिहान ११ बजेर ५२ मिनेटबाट प्रारम्भ हुने

झापा, असार ७ । आइतबार बिहान १० बजेर ५४ मिनेटदेखि खण्डग्रास सूर्यग्रहण लाग्नेछ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने छ । काठमाडौँमा बिहान १० बजेर ५४ मिनेट, पोखरामा बिहान १० बजेर ५२ मिनेट, महेन्द्रनगर कञ्चनपुरमा बिहान १० बजेर ५४ मिनेट, जनकपुरमा बिहान १० बजेर ५६ मिनेट र भद्रपुर Read More…

विविध

कौडा र नगदसहित ७ जुवाडे पक्राउ

झापा, जेठ ३२ । कोैडा खेलिरहेको अवस्थामा प्रहरीले शनिबार साँझ ७ जनालाई पक्राउ गरेको छ । कनकाई नगरपालिका वडा नम्बर ३ टुप्पु टोलका चेतनकुमार भट्टराईको घरमा कौडा खेलिरहेकोे अवस्थामा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले कनकाई नगरपालिका वडा नम्बर ३ का ५३ वर्षीय विष्णुप्रसाद उप्रेती, ४५ वर्षीय Read More…