काठमाडौं, जेठ ३२ । मनसुनी वायुको प्रभावले आइतवार देशको केही स्थानमा भारी वर्षा हुने भएको छ । शुक्रवाबार देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी वायुको प्रभावले आज प्रदेश नं १ र प्रदेश नं २ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन देशभर फैलिन एक साता लाग्ने मौसमविद् समिर Read More…
विविध
क्वारेन्टाइनमा प्रहरी कुटिए
सप्तरी, जेठ १७ । क्वारेन्टिनको सुरक्षार्थ खटिएका एक प्रहरी कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण माविको क्वारेन्टिनमा बसेकाबाट आज कुटिएका छन् । क्वारेन्टिनमा बसेका दुई र उनीहरुलाई भेट्न आएका दुई जनाले मिलेर कुटपिट गर्दा प्रहरी कमलेश साह घाइते भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ । कुटपिटबाट घाइते प्रहरी साहको दाँहिने घुँडाको माथिल्लो भाग (पटेला) फुस्किएको Read More…
भोली सार्वजनिक बिदा
काठमाडौँ, जेठ ११ । सरकारले आइतबारका लागि घोषणा गरेको इदुल फित्रको सार्वजनिक बिदा सोमबारलाई सारेको छ । गृह मन्त्रालयले सूचना प्रकाशन गरी मुस्लिम समुदायको चाड इदुल फित्रको बिदा आइतबारको साटो सोमबार हुने जनाएको हो । गत शुक्रबार मन्त्रिपरिषद् बैठकले इदुल फित्रका अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । नेपाल र दक्षिण एसियाभरबाट शनिबार Read More…
गोली चल्दा प्रहरी सहायक निरीक्षक कार्कीको निधन
काठमाडौं, जेठ ११ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको जुनियर अधिकृत ब्यारेकमा गोली चलेको छ । गोली लागेर प्रहरी सहायक निरीक्षक (असई) विष्णुबहादुर कार्कीको निधन भएको छ । मृतक असई स्वयम्भूस्थित हलचोक प्रहरी बिटका इन्चार्ज हुन् । आफैंले कञ्चटमा गोली हानेर कार्कीले आत्महत्या गरेका महानगरीय प्रहरी कार्यालयका डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । कार्कीले किन अात्महत्या Read More…
मेचीनगरमा अर्को घुम्ने र रमाउने ठाउँ थपिदै ‘मागुरमाडी सिमसार’
झापा, जेठ ९ । पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको मेचीनगरमा अर्को घुम्ने र रमाउने ठाउँ थपिने भएको छ । मेचीनगर–९ मा रहेको मागुरमाडी सामुदायिक वन परिसरमा ‘मागुरमाडी सिमसार’ बन्दैछ । आउँदो मंसिर महिनादेखि सञ्चालनमा ल्याउने गरी द्रूतगतिमा काम भइरहेको मागुरमाडी सिमसार तथा पर्यापर्यटन क्षेत्र विकास समितिले जनाएको छ । लक डाउनकै बेला सुरु गरिदा पनि Read More…
युवा विद्यार्थी एक सय रुपैयाँ अभियानले दियो सुरक्षाकर्मीलाई सोलार र विपन्नलाई राहत
झापा, जेठ ८ । युवा विद्यार्थी एक सय रुपैयाँ अभियान मेचीनगरले सुरक्षाकर्मी र विपन्नलाइ सहयोग गरेको छ । राष्ट्रिय यूवा संघ नेपालका नेता लुसन तिवारीको नेतृत्वमा साबिक बाहुण्डागी गाविस अन्तर्गत अभियानले बिहिबार प्रदेश सांसद श्रीप्रसाद मैनाीको प्रमुख आतिथ्यतामा सहयोग सामाग्री वितरण गरेको छ । सत्तारुढ दल नेकपा निकट राष्ट्रिय यूवा संघ नेपाल र अनेरास्ववियू विद्याथी Read More…
पराजुलीले गरे परदेशबाट नै आफ्नो गाँउका विपन्न परिवारलाई सहयोग
झापा, जेठ ७ । मेचीनगर नगरपालिका वार्ड नं ५ मा घर भएका हाल रोजगारीको सिलसिलामा अष्ट्रेलीयामा बस्दै आएका डिल्ली पराजुलीले आफ्नो मातृभूमिलाई सम्झदै दुःखमा परेका आफ्नो वडाका विपन्न परिवारलाई खाद्यन्न सहयोग गरेका छन् । पराजुलीलेले हाल विश्वमा महामारीको रुपमा आएको कोरोना भाइरस कोबीड–१९ को संक्रमण बड़े सँगै नेपाल सरकारले गरेको लकडाउनले दैनिक ज्यालादारी, अतिविपन्न वर्गलाई Read More…
प्रहरीमाथि हातपात गर्ने वडाध्यक्षका छोरासहित दुई पक्राउ
मेलम्ची, जेठ ७ । प्रहरीमाथि हातपात गरेपछि वडाध्यक्षका छोरासहित दुई जना पक्राउ परेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कका अध्यक्ष रामबहादुर लामाका छोरा २८ वर्षीय आकाश लामा र सोही ठाउँ बस्ने २४ वर्षीय वकिल परियार रहेका छन् । उनीहरुलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको हो । लामा गाउँकै स्वास्थ्यचौकीमा अहेवका रूपमा कार्यरत छन् । लकडाउनको Read More…
बुबाको हत्या गर्ने छोरी पक्राउ
इलाम, जेठ ७ । इलाममा सोमबार राति आफ्नै बुबाको हत्या गरी फरार भएकी एक युवतीलाई प्रहरीने पक्राउ गरेको छ । इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको हत्या गरी फरार भएकी थिइन् । ५२ वर्षीय बुबा फुलबहादुरलाई सोमबार राति हत्या गरी फरार रहेकी २५ वर्षीया छोरीलाई नजिकैको जङ्गलबाट प्रहरीले पक्राउ गरेको हो । Read More…
शक्तिशाली अम्पुन चक्रवात आउँदै
काठमाडौँ, जेठ ६ । बङ्गालको खाडीबाट अम्पुन नामको शक्तिशाली चक्रवात नेपाल आउँदैछ । यतिबेला दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको छ । अम्पुन चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको असर नेपालमा केही दिन तीव्र रूपमा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात अझ शक्तिशाली हुने क्रममा मङ्गलबारबाट पूर्वी नेपालको मौसममा बदली हुँदै Read More…










