साहित्य

गजल

समय सङ्गै सबै कुरा चलेको भए राम्रो हुन्थ्यो ! मन भन्दा पहिले शरीर ढलेको भए राम्रो हुन्थ्यो ! निस्वार्थ यो मन तर पोलि रह्यो याद हरुले ! मन भन्दा पहिले यो तन जलेको भए राम्रो हुन्थ्यो ! आफ्नै सम्झी तिमिलाइ पछ्याइरहे टाडा सम्म ! तिम्रो कि त मेरो पाइला गलेको भए राम्रो हुन्थ्यो ! पिरतिको Read More…

साहित्य

गजल

छोडेर आमाको शितल छहारी, परदेश गएथे । धितोमा राखेर आफ्नै घरबारी, परदेश गएथे । मन त थियो मेरोपनि परिवार सङ्गै रमाउन । तर बाध्यताले नै दैलो उघारी, परदेश गएथे । उज्ज्वल भविस्य बनाउने अनेंक सपना देखी । बोकेर काँधमा कर्तव्यको भारी, परदेश गएथे । चुहिँने थियो छानो प्वालै प्वाल परेको भित्तो । कसरी टाल्नु भएर Read More…

साहित्य

बैरागी काइँलालाई ‘राष्ट्रिय कलाश्री सम्मान २०७५’

काठमाण्डौं, चैत २८ । यस वर्षको ‘राष्ट्रिय कलाश्री सम्मान–२०७५’ नेपाल प्रज्ञा प्रतिष्ठनका पूर्व कुलपति वैरागी काइँलालाई प्रदान गरिने भएको छ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले विगत ११ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कलासंस्कृति र संगितका साधकलाई प्रदान गर्दै आएको उक्त सम्मान यसवर्ष उनलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीले जानकारी दिइन् । सम्मानको Read More…

साहित्य

नेता बन्दिन म !

राजु गौतम मेचीनगर ८ प्रतिभा टोल बा ! नेता बन्दिन म थप्पड खाइन्छ यहाँ सारा जनताहरुको बरु बन्छु किसान जो आफ्नो परिश्रमका भरमा बाँच्न जान्दछ । नभए बन्छु म मजदुर जो आफ्नो पसिनामै रमाउँदछ । तर बा ! नेता बन्दिन म चप्पल खाइन्छ यहाँ सारा जनताहरुको । बन्न त सजिलो छ बा नेता सयौँ तोला Read More…

साहित्य

घर छोडेको दिन र बुवाको फाटेको चप्पल

कथा म एकदिन घरमा यस्तो रिसाएँ कि अब ठुलो नभएसम्म र पैसा आफैं ले नकमायसम्म कहिले फर्किन्न भनेर घर छाडेर हिँडे । रिसको कारण थियो मेरो बुवाले मलाई एउटा ल्यापटप पनि किन्दिन सकेनन् । जाबो एउटा ल्यापटप पनि किन्दिन नसक्नेले मलाई किन पाइलट बनाउने सपना देख्नु आफ्नो सपना किन अरुमाथी थोपार्न खोज्नु रिसको झोकमा मैले Read More…

विचार साहित्य

मान्छेको मन

मनमा विचार गरी ल्याउँदा सम्पूूर्ण विश्वका मान्छे या प्राणीहरुका मनले सबैलाई वशमा लिएको पाइन्छ, अब मात्रै मान्छेको कुरा गरौं । मानिसमा दश इन्द्रियहरु हुन्छन् र यिनमा यो मन परेन, इन्द्रियहरु भित्र यो मन पर्दैन । हाम्रा शास्त्रहरुले भन्छन् यो मन एघारौं इन्द्रियमा गनिन्छ रे, यो एघारौं भएर पनि अरु जम्मै ईन्द्रियहरुलाई डोर्याएर हिड्दछ, मन साहृै Read More…

साहित्य

झापामा कला साहित्य उत्सव फागुन १८ देखि

झापा /रिर्डस झापाको आयोजनामा प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको कला साहित्य उत्सव यही फागुन १८ गतदेखि शुरु हुने भएको छ । झापाको मेचीनगर–६ स्थित काँकडभिट्टामा हुने ‘कला साहित्य उत्सव २०७५’ मा १४ विषयमा समूहगत छलफल गरिने बिहीबार विर्तामोडमा पत्रकार सम्मेलन गरी रिर्डसले जानकारी दिएको हो । फागुन २० गतेसम्म सञ्चालन गरिने यो उत्सवको Read More…