काठमाडौं, कात्तिक ७ । आईपीएलमा क्रिकेटमा सनराइजर्स हैदराबादले चौथो जित हात पारेको छ । यूएईमा जारी प्रतियोगिता अन्तर्गत दुबईमा बिहीबार राति भएको खेलमा मनिस पाण्डे र विजय शंकरको उत्कृष्ट प्रदर्शनमा हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा Read More…
Month: October 2020
आज नवरात्रको सातौँ दिन फूलपाती भित्र्याइँदै
काठमाडौँ, कात्तिक ७ । नवरात्रको सातौँ दिन शुक्रबार घटस्थापना गरिएको स्थानमा फूलपाती भित्र्याइँदै छ । दारिम, कटुुस, उखु, अदुवा, केराको पातसँगै पुष्पगुच्छा सहितको यो फूलपातीलाई स्वच्छ र शुद्ध रहेर घटस्थापना गरिएको स्थानमा अर्पण गरिन्छ । हनुमानढोका दरबारस्थित दशैँघरमा शुक्रबार करिब सवा तीन बजे गोरखाबाट धादिङको धुनीबेँसी हुँदै जमलमा आशागुर्जा र कल्स्यौँडी सहितको फूलपाती ल्याइनेछ । त्यसलाई Read More…
काँग्रेस झापा क्षेत्र नं. १ काठमाडौं सम्पर्क समितिको शुभकामना आदान प्रदान कार्यक्रम भोली
काठमाडौं, कात्तिक ६ । नेपाली काँग्रेस झापा क्षेत्र नं. १ काठमाडौं सम्पर्क समिति काठमाडौंले नेपालीहरुको महान् चाड विजय दशमी, शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्वत् ११४१ को अवसरमा शुक्रबार भोली शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । सम्पर्क समितिले अहिले कोरोना भाइरस कोभिड–१९ को कहर बिच डिजिटल पद्धती अपनाउदै जुम मार्फत शुभकामना Read More…
कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि (तालिकासहित)
काठमाडौं, कात्तिक ६ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित भएकाे कक्षा १२ को परीक्षा मंसिरमा गर्नेगरी परीक्षा तालिका र कार्यविधिसमेत तयार भइसकेकाे राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिए । नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी Read More…
आइपीएल: बैंगलोर विजयी, कोलकत्ता ८ विकेटले पराजित
काठमाडौं, कात्तिक ६ । आइपीएल टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्समाथि सहज जित निकालेको छ । बुधबार राति सम्पन्न आइपीएलको ३९औं खेलमा कोलकातालाई ८ विकेटले पराजित गर्दै बैँगलोर आइपीएलको दोस्रो स्थानमा पनि उक्लिएको छ । जितका लागि ८५ रनको झिनो लक्ष्य पछ्याएको बैंगलोरले १३.३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । बैंगलोरको Read More…
नेपालमा बुधबार अहिलेसम्मकै धेरै ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, कात्तिक ५ । नेपालमा आज थप ५ हजार ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुने यो संख्या नेपालमा अहिलेसम्मकै उच्च हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले पछिल्लो Read More…
राष्ट्रपति भण्डारीद्वारा रानीपोखरी र दरबार हाइस्कुलकाे उद्घाटन
काठमाडौं, कात्तिक ५ । भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरी बुधबार उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच रानीपोखरीको उद्घाटन गरेकी हुन् । ५ वर्षअघिको भूकम्पले क्षति पुर्याएको ऐतिहासिक रानीपोखरी र नजिकै रहेको दरबार हाइस्कुलको समेत पुनर्निर्माणपछि उद्घाटन गरिएको छ । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी समेत रहेका थिए । २०७२ वैशाख १२ Read More…
जसपाको केन्द्रीय समिति घोषणा
काठमाडौं, कात्तिक ५ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई नियुक्त भएका छन् । जसपा कार्यकारिणी समितिको मंगलबार सम्पन्न दुई दिने बैठकले वरिष्ठ नेता भट्टराईलाई परिषद्को अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो । भट्टराई नेतृत्वको परिषद्प्रति केन्द्रीय समिति उत्तरदायी हुनुपर्ने गरी विधान पनि पारित भएको छ । जसपा कार्यकारिणी समितिका सदस्य Read More…
आईपीएल: पञ्जाबको चौथो जित
काठमाडौं, कात्तिक ५ । किङ्स इलाभेन पन्जाबले आईपीएलमा चौथो जित हात पार्दै प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । दुबईमा मंगलबार भएको खेलमा पन्जाबले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको हो । दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य पन्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । Read More…
एसिड अपराध र प्रेम
लिजा भण्डारी झापा, कात्तिक ४ । प्रेम वा स्नेह, यो एउटा यस्तो शब्द हो, जुन शब्द सुन्नेबित्तिकै हामी धेरैलाई आनन्द अनुभव हुन्छ । प्रेमलाई विभिन्न तरिकाले परिभाषित गर्न गरिन्छ । कसैले प्रेमलाई त्यागको उपमा दिन्छन्, कसैले समर्पणको । ठाउँ, मानिसको तह, सम्बन्ध र व्यवहार अनुसार प्रेमको परिभाषा छुट्टाछुट्टै हुन्छ । प्रेम आफैँमा पूर्ण र राम्रो Read More…










