स्वास्थ्य

शनिबार एकैदिन ५००८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज २४ । नेपालमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५००८ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ। देशभर पछिल्लो २४ घन्टामा देशभर १९ हजार ३ सय २० जनाको पीसीआर परिक्षण गरिएको Read More…

खेलकुद

आईपीएल: दिल्ली शीर्ष स्थानमा, राजस्थान ४६ रनले पराजित

काठमाडौं, असोज २४ । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको पछिल्लो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । सिजनको पाँचौ जित निकाल्ने क्रममा गएराती उसले राजस्थान रोयल्सलाई ४६ रनले स्तब्ध पार्यो । यो जितसंगै ६ खेलबाट १० अंक जोडेको दिल्ली पुन तालिकाको शीर्ष स्थानमा फर्किएको छ । समान खेलबाट दिल्लीले मुम्बईलाई स्पष्ट २ अंकले पछि पार्दै Read More…

स्वास्थ्य

मेचीनगरमा शुक्रबार थपिए ५ जना कोरोना संक्रमित, संक्रमितको संख्या १६३ पुग्यो

मेचीनगर, असोज २३ । मेचीनगरमा शुक्रबार आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १६३ पुग्यो । मेची प्रादेशिक अस्पताल भद्रपुरका अनुसार शुक्रबार थप मेचीनगरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेचीनगर–८ का ४ जना र मेचीनगर–७ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको मेचीनगरपालिकाले जनाएको Read More…

अन्तर्वार्ता

चुनावको घोषणा पत्र अनुसार काम गर्न नसेकेको महसुस गरिरहेको छु: वडाअध्यक्ष कार्की

इलाम, असोज २३ । नेपालको संविधान २०७२ जारी भएपछि नेपालको संघिय संरचनामा परिवर्तन भयो । देशमा तीन तहका सरकार गठन भए, स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार । स्थानिय सरकारको तल्लो एकाईका रुपमा वडा समिति रहने व्यवस्था संविधानले गरेको छ , जसलाई नागरिकको नजिकको सरकार पनि भन्ने गरिन्छ । जनताको नजिक रहेर जनताका प्रत्यक्ष Read More…

संघ \संस्था

नेत्रालयले आयोजना गरेको चित्रकला प्रतियोगिताको उपाधि इष्ट होराइजनका अभिषेखलाई

मेचीनगर, असोज २३ । मेची नेत्रालय आँखा अस्पताल काँकरभिट्टाले आयोजना गरेको अनलाईन चित्रकला प्रतियोगिताको उपाधि इष्ट होराईजन अग्रेजी मावि धुलावारीका अभिषेख प्रधानले जितेका छन् । विश्व दृष्टि दिवसको अवसरमा मेची नेत्रालयले आयोजना गरेको प्रतियोगिताका विजेता प्रधानले नगद रु ५ हजार र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तैै नर्थ प्वाइन्ट अग्रेजी मावि काँकरभिट्टाका बिरुना राईले Read More…

खेलकुद

आईपीएल: हैदरावादद्वारा पञ्जाव पराजित

काठमाडौं, असोज २३ । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराईजर्स हैदरावादले तेस्रो जित निकालेको छ । किंग्स एलाभेन पञ्जावलाई ६९ रनले हराउदै हैदरावाद तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । हैदरावादले प्रस्तुत गरेको २ सय २ रनको लक्ष्य पछ्याएको पञ्जाव १६ दशमलव ५ ओभरमा १ सय ३२ रनमा अलआउट भयो । निकोलस पुरनले ७७ रन बनाउनुबाहेक Read More…

विविध

गरिबीले ओडारमा

तनहु, असोज २२ । गरिबीले गर्दा तनहुँको एक परिवार ओडारमा बस्न बाध्य भएको छ । ओडारमा बस्ने परिवारमा मनवीर गुरुङ, निजको श्रीमती उदाशिया, छोरो २० वर्षीय गणेश र १३ वर्षीया छोरी पूजा रहेका छन् । लामो समय लकडाउन हुँदा ज्याला मजदूरी गर्न नपाएको र कोठा भाडा तिर्न नसकेपछि कोठा छाडेर ओढारमा बास बस्नुपरेको उहाँहरु बताउनुहुन्छ Read More…

स्वास्थ्य

मेचीनगरमा विहिबार थपिए १० जना कोरोना संक्रमित, संक्रमितको संख्या १५८ पुग्यो

मेचीनगर, असोज २२ । मेचीनगरमा बिहिबार आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १५८ पुग्यो । मेची प्रादेशिक अस्पताल भद्रपुरका अनुसार मेचीनगरका १० जनामा विहीबार कोरोना संक्रमण पुष्टि भएको छ । आज कोरोना संक्रमण पुष्टि भएकाहरुमा मेचीनगर–६ का १ जना, मेचीनगर–१० का १ जना र मेचीनगर–८ का Read More…

खेलकुद

आईपीएल: कोलकत्ताद्वारा चेन्नई १० रनले पराजित

काठमाडौं, असोज २२ । कोलकत्ता नाईट राईडर्सले ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा तेस्रो जित हात पारेको छ । गएराती चेन्नई सुपर किंग्सलाई १० रनले हराउदै कोलकत्ता तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो । आईपीएलमा चेन्नईको Read More…

संघ \संस्था

इटाभट्टा बजारमा सञ्चालनमा आयो कृष्णथुम्की प्रिन्टिङ प्रेस

मेचीनगर, असोज २१ । झापाको मेचीनगर–७ स्थित इटाभट्टा बजारमा प्रिन्टिङ तथा भिडियो सम्बन्धी सम्पूर्ण कार्य गर्ने उदेश्यले कृष्णथुम्की प्रिन्टिङ प्रेस सञ्चालनमा आएको छ । मेचीनगर र आसपास क्षेत्रका मानिसहरुलाई सेवा दिने उदेश्यले सञ्चालनमा आएको कृष्णथुम्की प्रिन्टिङ प्रेसले प्रिन्टिङ सम्बन्धि कार्यहरु फ्लेक्स, ब्यानर, निमन्त्रण–पत्र, समवेदना, विवाह कार्ड, पासफोटो, फोटो फ्रेमिङ, लेमिनेसन, ब्याच, परिचय–पत्र, भिजिटिङ कार्ड, पत्र Read More…