शिक्षा

युनिक स्कूलमा सरस्वती पूजाका दिन जुनै कक्षामा पनि भर्ना निःशुल्क

मेचीनगर, माघ २७ । शैक्षिक क्रियाकलापमा अब्बल मेचीनगर–१२, सहरेडाँगीको युनिक इङ्लिस स्कूलले सरस्वती पूजाका दिन निःशुल्क विद्यार्थी भर्ना अभियान चलाउने भएको छ । यो वर्ष सरस्वती पूजा यही फागुन ४ गते परेको छ । सो दिन विद्यार्थी भर्ना हुन आउनेलाई जुनै कक्षामा पनि निःशुल्क गरिएको प्रिन्सिपल विष्णु रिमालले बताए । कोरोना महामारीको असर परिरहेको यो Read More…

संघ \संस्था

प्रधानमन्त्री ओलीको गृह जिल्लामा पत्रकारले गरे प्रतिगमन बिरुद्ध प्रदर्शन (तस्वीर सहित)

झापा, माघ २७ । प्रतिगमनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा पत्रकारले प्रदर्शन गरेका छन् । प्रेस संगठन र प्रेस युनियन झापा शाखाको संयुक्त आयोजनामा मंगलबार झापाको बिर्तामोडमा प्रदर्शन गर्नेका हुन् । दुई संगठनको बिर्तामोडमा भएको संयुक्त छलफलले प्रदर्शन गर्ने निर्णय भए अनुरुप पत्रकारहरु एक जुट भएर प्रदर्शन गरेका हुन् । आदिवासी जनजाती पत्रकार Read More…

समाचार

पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं, माघ २७ । चौतर्फी विवादकाबीच सरकारले आगामी वैशाख १७ र २७ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला छुट्याएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो र दोस्रो चरणको निर्वाचनका लागि जिल्ला विभाजन गर्ने निर्णय गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेका अनुसार पहिलो चरणमा १७ गते प्रदेश २, Read More…

राजनीति

आज निर्वाचन आयोग जाँदै प्रधानमन्त्री ओली

काठमाडौं, माघ २७ । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाँदै हुनुहुन्छ । बैशाख १७ र २७ गतेका लागि घोषित निर्वाचनको तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री ओली आज बिहान ११ बजे आयोग जान लाग्नुभएको हो । प्रतिनिधिसभा विघटनसँगै नेकपाको आधिकारिकता विवाद बल्झिएपछि प्रधानमन्त्री ओली निर्वाचन आयोग जान लाग्नुभएको यो Read More…