बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजको आयोजनामा एक दिने शाखा पदाधिकारी (लोम अफिसर) तथा परिचयात्म कार्यक्रम सम्पन्न भएको छ ।
मेचीनगर २ स्थित जेष्ठ नागरिक भवनमा सम्पन्न तालिममा शाखाका ३० जना सदस्य तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो । सहभागिलाई धुलावारी जेसीजका पूर्व अध्यक्ष जेसीआई सिनेटर अनन्त प्रकाश वस्तीले प्रशिश्रण दिनु भएको थियो ।
शाखाका अध्यक्ष दिपक बरालको सभापतित्व तथा युवा व्यवसायी रबिकिरण नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा आस्थापाठ उपाध्यक्ष निर्मला प्रधानले गरेकी थिइन् ।तालिम संयोजक बेग सुनुवारले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव केवल निरौलाले गरेका थिए ।

