राजनीति

जनयुद्ध दिवसको अवसरमा मेचीनगरमा दीप प्रज्वलन

मेचीनगर, फागुन १ । २६ औं जनयुद्ध दिवसको अवसरमा झापाको मेचीनगर–६ स्थित काकरभिट्टा बसपार्कमा सहिदहरुको सम्झनामा दीप प्रज्वलन गरिएको थियो ।

शनिबार साझ नेकपा प्रचण्ड–नेपाल समुह मेचीनगर संघर्ष समितिको आयोजनामा सहिदहरु प्रति हर्दिक श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन गरिएको थियो ।

कार्यक्रम नेकपा प्रचण्ड–नेपाल समुह प्रदेश कमिटि सदस्य पुरुषोत्म चुडाल र श्याम वीर लिम्बू, जिल्ला कमिटि सदस्य डिल्लीराम, इन्दिरा कार्की र सन्तोष आचार्यलगायतका नेताले मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल समुह मेचीनगरका नेता विपि भट्टराई, निरज कट्टेल, भानु सिवाकोटी, अनेरास्ववियू जिल्ला कमिटि सदस्य हरि भट्टराई चेतन पौडेल र भवेश दाहाल, अनेरास्ववियू काँकरभिट्टा क्याम्पस संयोजक विनम सरदार, राष्ट्रिय यूवा संघ मेचीनगरका नेता सरोज मेहेरालगायतको उपस्थिति थियो ।

प्रतिगमन बिरुद्ध नेकपा प्रचण्ड–नेपाल समुह मेचीनगरको संयोजक अर्जुन पौडेलको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको सञ्चालन सचिव राजु दाहालले गरेका थिए ।