संघ \संस्था

वीरता लेडी जेसीजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

झापा, फागुन १ । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा २८ जना महिलासहित ७५ जनाले रक्तदान गरेको कार्यकारीणी उपाध्यक्ष संगीता गिरीले जानकारी दिइन् ।

कार्यक्रममा आमा –छोरा, दम्पत्ति , जनपथ प्रहरी, ट्राफिक प्रहरीलगायतले रक्तदानमा सहभागिता जनाएका थिए । झापामा हुने रक्तदान कार्यक्रम मध्ये वीरता लेडी जेसीजको आयोजनामा भएको रक्तदान कार्यक्रममा रक्तदान गर्ने महिलाको संख्या वढी भएको नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका उपसचिव ओमप्रकाश लुईंटेलले जानकारी दिए ।

वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा झापा जिल्ला सभापति लोकराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा कार्यकारीणी उपाध्यक्ष युनिता दवाडीले स्वागत गरेकी थिइन् ।

कार्यक्रम संयोजक मञ्जु ओली न्यौपानेले आस्था वाचन गरेको कार्यक्रममा स्वास्थ्य संयोजक रेनुका महतोले जेसीआई मिसन भिजन वाचन गरेकी थिइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी , भद्रपुर जेसीजका पूर्व अध्यक्ष रमेश पोखरेल, वीएण्डसी टिचिङ्ग हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिस गिरी, वीरता लेडी जेसीजकी पूर्वअध्यक्ष कञ्चना ढकाल सिटौला , इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी सन्तोष आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

रक्तदातालाई प्रमाण पत्र वितरण गरिएको कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव हिमा पौडेलले गरेकी थिइन् ।