बाहुण्डाँगी, २६ फागुन । दमक जसीजले बुधवार शिद्धकामेश्वर पशुपति मुक्तिधाममा डिईन्फेन्सन गरेको छ । हिन्दुहरुको पर्व महाशिवरात्रीको पूर्व सन्ध्यामा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

समाजमा कोरोना भाईरसको प्रभाव कम भएको भए पनि कोरोना नसकिएको र अझै जोखिम रहेकाले दमक ६ वजारमा रहेको मन्दिरमा शिव रात्रिलाई लक्षित गरि भिडभाड हुने भएकाले भाईरस मार्न प्रयोग हुने औषधि प्रयोग गरि भाईरस मुक्त क्षेत्र वनाइएको अध्यक्ष सुयोग खरेलले वताए ।

उक्त कार्यक्रममा जेसीज पदाधिकारी, सदस्य पूर्व अध्यक्ष, मन्दिर व्यवस्थापन समिती साथै नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठ समेतको उपस्थिती रहेको थियो । भाईरस मुक्तका साथै शिव रात्रिको उपल्यक्षमा भोलि माक्स समेत वाढ्ने कार्यक्रम रहेको पूर्व अध्यक्ष गोबिन्द राज कट्टेल ले वताए


