समाचार

सत्ता गठबन्धनः मन्त्रालयको भागबन्डा मिल्यो, कुन मन्त्रालय कसलाई ?

काठमाडौं । ठूलो रस्साकस्सीपछि सत्ता गठबन्धनमा मन्त्रालय बाडफाँडको सहमति भएको छ। मंगलबार विहान बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले मन्त्रालयको भागबन्डा मिलाएका हुन्। दलहरुबीच कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ६, नेकपा ९एस० र जसपाले ४–४ वटा मन्त्रालय लिने सहमति भएको छ। सत्तारुढ तीन दलले १–१ राज्यमन्त्री पाउनेछन्। दलहरु अहिले मन्त्री छनौटको आन्तरिक गृहकार्यमा जुटेका छन्। बुधबारसम्म Read More…

स्वास्थ्य

सरकारले लागु गरेको स्वास्थ्य बिमा लक्षित वर्गमा पुग्न सकेन

युवराज आचार्यझापा । नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउने उद्देश्यले नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अझै लक्षित वर्गमा पुग्न सकेको छैन् । करिब तीन बर्ष अघिबाट जिल्लामा लागु गरिएको स्वास्थ्य बिमा कार्यक्रम अझै सबैको पहुचमा पुग्न नसकेको हो । अति बिपन्न, पिछडिएका तथा स्वस्थ्याको पहुचबाट टाढा रहेका आफ्ना सबै नागरिकलाई स्वास्थ्यको सहज पहुच पुर्यायने Read More…

धर्म संस्कृती

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मेचीनगर । नेपाल उराँव आदिवासी जनजाती विद्यार्थी प्रतिष्ठानको आयोजना तथा नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठानको सह-आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर–८ स्थित आदर्श माविको सभाहलमा आयोजित शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रममा झापा जिल्ला भरिका विद्यार्थी तथा युवाहरुलाई थप संगठित गर्दै जातिगत विकासलाई अघि बढाउने बिषयमा वृहत अन्तरक्रिया भएको बताइएको छ । छलफलमा उराँव Read More…

स्वास्थ्य

सशस्त्र प्रहरीद्वारा भद्रपुर र मेचीनगरबाट लागु औषधसहित दुईजना पक्राउ

झापा । सशस्त्र प्रहरीले भद्रपुर र मेचीनगरबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।  सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पृथ्वीनगरले सोमबार बेलुका भद्रपुर नगरपालिका- ३ बाट बिर्तामोड नगरपालिका- १० सैनिकमोड निवासी ४४ वर्षीय मिलन गुरुङ्गलाई लागुऔषध र विदेशी रकमसहित पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ लुकिछीपी आउने क्रममा सशस्त्र प्रहरीले सीमामा रोकेर चेकजाँच गर्दा गुरुङ्गको Read More…

अर्थ

पाँच वर्षपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनभत्ता वृद्धि

काठमाडौं । करिब पाँच वर्षपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनमा वृद्धि हुने भएको छ। दुवै सुरक्षा निकायको अब १५ प्रतिशतले रासन वृद्धि हुने भएको हो। अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रतिस्थापन विधेयकमार्फत् प्रहरी र सशस्त्रको रासन वृद्धि निम्ति बजेट व्यवस्था गरिएको छ। यसअघि केपी शर्मा ओली सरकारका अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले रासन वृद्धि घोषणा गरे Read More…

खेलकुद

साफ च्याम्पियनसिपः श्रीलंकामाथि रोमाञ्चक जित निकाल्दै नेपाल शीर्षस्थानमा

काठमाडौं । माल्दिभ्समा जारी १३औँ साफ च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलङ्काविरुद्ध ३–२ गोलान्तरको जित निकालेको छ । खेलको पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । श्रीलङ्काका लागि ५६औँ मिनेटमा ह्यामिलटनले गोल गर्दै खेलमा फर्कने सङ्केत गरे पनि त्यो अपुग रह्यो । नेपालको जितमा सुमन लामा, अन्जन विष्ट Read More…

अर्थ

दुर्गेश्वरी साकोसको १३औं वार्षिक साधारणसभा सम्पन्न

मेचीनगर । मेचीनगर–८ स्थित दुर्गेश्वरी कृषि सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । सन्त निरङ्कारी मण्डल मेचीनगर ८ को सभाहलमा आयोजित सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला सहकारी संघका सहसचिव कृष्णप्रसाद मिश्रले गरेका थिए । संस्थाको संञ्चालक समिति अध्यक्ष खिला मेचेको सभापतित्वमा आयोजना भएको कार्यक्रममा व्यवस्थापक गंगाप्रसाद मेचेले संस्थाको वार्षिक Read More…

अर्थ संघ \संस्था

महासंघ अध्यक्ष गिरीद्वारा पत्रकार उपचार कोषलाई २५ हजार ५२५ प्रदान गर्ने घोषणा

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीले आफ्नो जन्मोत्सवको अवसर पारेर सोमबार पत्रकार सहारा उपचार कोषलाई २५ हजार पाँच सय २५ रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । हाल अस्वस्थ भइ आराम गरिरहेका गिरीले महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि उक्त रकम प्रदान गर्ने घोषणा गरेका Read More…

राजनीति

एमालेको १०औँ महाधिवेशन बुटवलमा, १५ सदस्यीय निर्वाचन आयोग गठन

काठमाडौं । नेकपा एमालेले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने निर्णय गरेको छ। ललितपुरको गोदावरीस्थि सनराइज सम्मेलन केन्द्रमा तीन दिनसम्म सञ्चालन भएको पार्टीको प्रथम विधान महाधिवेशनको समापन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी १०औँ महाधिवेशन लुम्बिनी प्रदेशको बुटवलमा हुने जानकारी दिए। महाधिवेशन मङ्सिर १० देखि १३ गतेसम्म गर्ने निर्णय गरिएको छ। आइतबार महाधिवेशनले डा. Read More…

खेलकुद

साफः आज नेपालले श्रीलंकासंग दोस्रो खेल खेल्दै

काठमाडौं । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज श्रीलंकासंग खेल्दैछ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपालले आज श्रीलंकाको सामना गर्न लागेको हो । नेपाल र श्रीलंकाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई Read More…