संघ \संस्था

नारायणगढ लेडी जेसीज महिलालाई पोते बनाउन सिकाउँदै

बाहुण्डाँगी । नारायणगढ लेडी जेसीजले सीपमुलक तालिम दिएको छ । नारायणगढमा सुरु भएको तालिममा पोते बनाउने सीप सिकाइएको छ । ३ दिन चल्ने निःशुल्क तालिममा १२ जना महिलाहरु सहभागि छन् । विभिन्न रङका काँचका ससाना दानालाई धागोमा उनेर पोते ९माला० बनाउन सिकाइने छ ।

उद्यमशिल सशक्तकरणकी अध्यक्ष प्रतिक्षा बरालीले तालिम दिनुभएको हो । जेसीजकी अध्यक्ष अनिता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष विश्व शान्ती पिया, रमा श्रेष्ठ, महासचिव हिमा श्रेष्ठ, नारायणगढ जेसीजका अध्यक्ष अमृत श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।

तालिम संयोजक सुमि नेपालले सामाजिक उत्तरदायीत्व बहन गर्दै तालिम गरिएको बताउनुभयो । घरबहालमा बस्दै आएका मध्यम तथा विपन्न परिवारलाई तालिम दिइएको उहाँले जानकारी दिनुभयो । तालिम आयुक्त सुस्मिता श्रेष्ठले तालिमले स्वरोजगार बन्न सघाउने बताउनुभयो ।