बाहुण्डाँगी । राष्ट्रिय युवा संघ मेचिनगर १ र २ को संयुक्त सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिवार मेचीनगर १ गाडागल्लीमा सम्पन्न कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण तथा प्रशिश्रण गराइएको थियो । केही समय अघि मेचीनगर १ का मोहन सुब्बा र २ नम्बरमा प्रियन दर्जीको नेतृत्वमा समिति गठन भएको थियो । Read More…
Month: February 2024
शिव पातालगंगा मन्दिरमा भोलिदेखि श्रीमद् भागवत महापुरण आयोजना हुने
काँकरभिट्टा । मेचीनगर–६ स्थित शिव पातालगंगा मन्दिरमा आइतबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । शिव पातालगंगा मन्दिर समिति र सद्गुरु मानव सेवा फाउण्डेशन मेचीनगर–३ को संयुक्त आयोजनामा आइतबारदेखि ७ दिने पुराण सुरु हुने भएको हो । समितिले आज मन्दिर परिसरमा पत्रकार सम्मेलन गरेर सो विषयमा जानकारी गराएको छ । सद्गुरु मानव सेवा फाउण्डेशनका Read More…
झापा : आज दिनभरि विद्युत् सेवा अवरुद्ध हुने
झापा । झापामा जिल्ला आज शनिबार दिनभरि विद्युत् सेवा अवरुद्ध हुने भएको छ । दुहबी ग्रिड शाखाको सूचना अनुसार शनिबार अनारमनि वितरण केन्द्र, धुलाबारी वितरण केन्द्र , भद्रपुर वितरण केन्द्र र दमक वितरण केन्द्रअन्तर्गतका सम्पूर्ण ११ केभी फिडरहरुमा विद्युत् अवरुद्ध हुने भएको हो । अनारमनि ग्रिडको १३२ केभी इन्कमरको सिटी अपग्रेडिङ गर्नुपर्ने भएकोले अनारमनि वितरण केन्द्रका Read More…
कनकाईमा राष्ट्रिय कला–संस्कृति तथा साहित्य महोत्सव हुंदै
कनकाई । कनकाई नगरपालिकामा पहिलो पटक कला–संस्कृति तथा साहित्य महोत्सव २०८० आयोजना गरिने भएको छ । रोटरी क्लब अफ सुरुङ्गाको आयोजनामा यहि फागुन १४, १५ र १६ गते तीन दिने कनकाई कला–संस्कृति तथा साहित्य महोत्सवको आयोजना गरिएको तयारी रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिवकुमार कंडेलले आज सुरुङ्गामा आयोजित पत्रकार भेटघाटमा जानकारी दिए । समाजमा शैक्षिक Read More…
इन्डियन आइडलकी चर्चित गायिका मेनुका शनिवार धुलाबारी आउने
मेचीनगर । चर्चित गायिका मेनुका पौडेल मेचीनगरको धुलाबारीमा आयोजना हुने कार्यक्रममा शनिवार आउने भएकी छन् । मेचीनगर–१० खयरडाँगीको मंगल चोक मंगल मार्ग संरक्षण समितिले शनिवार आफ्नो स्थापना दिवसको अवसरमा सांगीतिक तथा सम्मान कार्यक्रम आयोजना गर्दैछ । सोही कार्यक्रममा इन्डियन आइडलकी टपटेन सहभागी पौडेललाई मेचीनगरका विभिन्न संघ संस्थाले संयुक्त अभिनन्दन गरिने समितिका संयोजक गोकुल खड्काले आज Read More…
स्व. पवनकुमार खड्का स्मृति प्रथम नकआउट फुटबल प्रतियोगिता शुरुः आयोजक र तुर्केनीको विजयी शुरुवात
मेचीनगर । स्व. पवनकुमार खड्काको स्मृतिमा प्रथम नकआउट फुटबल प्रतियोगितामा आयोजक नकलबन्दा समाज विकास समिति र तुर्केनी फुटबल क्लबले विजयी शुरुवात गरेका छन् । मेचीनगर–५, स्थित मेची आधारभूत विद्यालयको खेलमैदानमा शुक्रबार सम्पन्न भएको पहिलो खेलमा आयोजकले थण्डर्स फुटबल क्लबमाथि १ का विरुद्ध ६ गोल गर्दै सहज जीत दर्ता गराएको हो । आयोजक नकलबन्दाका तर्फबाट राहुल Read More…
धार्मिक तथा ऐतिहासिक घैलाडुब्बा मन्दिरको स्तर बृद्धमा मेचीनगरको चासो
मेचीनगर । पुर्वको धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको नन्देश्वर शिवालय (घैलाडुब्बा) मन्दिर स्तर उन्नतिका लागि मेचीनगर नगरपालिकाले चासो दिएको छ । प्रचुर सम्भावना भएर पनि विविध कारणले बिगत लामो समयदेखि ओझेलमा पर्दै जिर्ण अवस्थामा रहेको मेचीनगरको उक्त मन्दिर स्तरबृद्धी गर्दै पुनः यस क्षेत्रलाई चलायमान बनाउन स्थानीय सरकार मेचीनगर लागि परेको हो । नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, Read More…
डिजेल, पेट्रोलको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो । पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुई रुपैयाँ वृद्धि भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत Read More…
उपप्रमुख उप्रेती नेतृत्व अनुगमन टोलीले नगरका विभिन्न कारखाना र ग्यारेज अनुगमन
मेचीनगर । मेचीनगरका विभिन्न स्थानमा सञ्चालनमा रहेका कारखाना तथा वर्कसप (ग्यारेज) हरूकाे मेचीनगर नगरपालिका नगरस्तरीय अनुगमन टाेलीका संयाेजक एवम् उपप्रमुख मीना पाेखरेल उप्रेतीकाे नेतृत्वमा अनुगमन भएकाे छ । अनुगमनका क्रममा बिहीबार उपप्रमुख उप्रेतीले काेभिडका कारण थला परेका विभिन्न व्यवसायलाई पुरानै लयमा फर्काउन स्थानीय सरकार लागि परेकाे र यसमा सवैकाे साथ सहयाेग अपरिहार्य रहेकाे बताइन् । सडक Read More…
आलडाँगी युथ क्लबद्वारा विविध कार्यक्रम सम्पन्न
मेचीनगर । आलडाँगी युथ क्लब नेपालद्वारा श्रीपञ्चमी तथा सरस्वती पुजाको अवसरमा बाहुण्डाँगीमा विविध कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगरको साबिक बाहुण्डाँगी गाविस स्थित आलडाँगी युथ क्लबले बुधबार सरस्वती पुजाको अवसरमा विभिन्न रचनात्मक खेल खेलाउँदै कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष सुमित राउतको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीको Read More…










