खेलकुद

छैटौं झापा गोल्डकप: एपीएफ सेमिफाइनलमा प्रवेश

झापा । विभागीय टोली सशस्त्र प्रहरी एपिएफ फुटबल क्लब छैटौं झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी खेल अन्तर्गत सोमाबर भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा बागमती युवा क्ल बलाई पेनाल्टी सुटआउटमा ३-४ गोल अन्तरले हराउँदै एपिएफ अन्तिम चारमा प्रवेश गरेको हो ।

दुवै टोलीले गोलका लागि अवसर सृजना गरेपनि जालि चुमाउन नसक्दा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरबाट लिइएको थियो ।

एपीएफलाई सेमिफाइनल यात्रा तय गर्न गोलरक्षक एन्जल श्रेष्ठ नायक बने । उनले बागमतीका निर्मल घिसिङ र अबि लामाको पेनाल्टी बचाए । उनको उत्कृष्ट प्रदर्शनसँगै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो । अबि लामा, विमल घिसिङ र दिवस लिम्बुले मात्र गोल गर्न सके । एपिएफका फोडेफोफोना, श्याम मगर, कुलदीप कार्की र प्रदीप लामाले जाली चुमाए ।

आजको खेलको म्यान अफ द म्याच एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित हुँदैन नगद ११ हजार प्राप्त गरे ।

एपिएफले यसअघि पनि उद्घाटन खेलमा संकटा क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो, भने बागमती सिधै बाइ पाएर क्वाटरफाइनल खेलेको थियो ।

भोलिको खेल न्यूरो टिम एनआरटी  र चर्च ब्वाइज बिच दोस्रो क्वाटरफाइनल खेल हुने झापा गोल्डकप अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

२८ गतेसम्म चल्ने झापा गोल्डकपमा ए डिभिजन क्लबसहित १० टिमले सहभागिता जनाएका छन् । गोल्डकपको विजेता टिमले नगद १३ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले नगद सात लाख रुपैयाँ पाउने छ ।

प्रतियोगिताका मस्ट भ्यालुएबल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।