धर्म संस्कृती

प्रतिभा टोल विकास संस्था : नयाँ वर्ष २०८१ सालको अवसरमा बृह्त साँस्कृतिक कार्यक्रम

मेचीनगर । नयाँ वर्ष २०८१ सालको अवसरमा प्रतिभा टोल विकास संस्था मेचीनगर-८ ले बृह्त साँस्कृतिक कार्यक्रम गर्दै छ । बैशाख १ गते शनिबार साझ राष्ट्रिय ख्यतिप्राप्त कलाकारहरुको साथमा नयाँ बर्ष २०८१ बृहत् साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको हो ।

स्थानीय मक्कर चोकमा आज साझ ७ बजेदेखि हुने नयाँ बर्ष २०८१ बृहत् साँस्कृतिक कार्यक्रममा राष्ट्रिय ख्यतिप्राप्त कलाकार श्रीकृष्ण लुइटेल बोकेदाह्री, कोशी सींगिन एण्ड डान्सीङ स्टार विजेता रिया मगरको प्रस्तुती रहने प्रतिभा टोल विकास संस्थाका अध्यक्ष रोहित श्रेष्ठले जानकारी दिए । उनका अनुसार कार्यक्रममा द ब्लु डान्स एकाडेमी आमडाँगी, क्रेजी स्क्वाट डान्स सेन्टर काँकरभिट्टा साथमा स्थानीय कलाकारहरु राजेश धिमाल, निर्मल बास्तोला र तिलक मैनालीलगायको कलाकारहरुको बेडोड प्रस्तुती रहने छ ।

नयाँ वर्ष २०८१ साललाई भव्य स्वागत गर्दै नेपाली कला संस्कृतिलाई जगेर्ना गर्दै स्थानीय प्रतिभाको संरक्षण तथा प्रवद्र्धन गर्न नयाँ बर्ष २०८१ बृहत् साँस्कृतिक कार्यक्रम आयोजना गरिएको प्रतिभा टोल विकास संस्थाका सचिव भूपाल बुढाथोकीले बताए । उनले उक्त कार्यक्रमको अवसरमा मेचीनगर ८ मा बिगत दुई दशक अघिदेखि कला संस्कृति जगेर्ना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका एक जना व्यक्तिलाई नगदसहित सम्मान समेत गर्ने जानकारी दिए ।