काठमाण्डौं, श्रावण ३० । म्याग्दी जिल्लाको बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापालाई कार्यकक्षमै कालोमोसो र जुत्ताको माला लगाई दिएका छन् । भ्रष्टाचार र अनियमितता गरेको भन्दै केही युवाले कालोमोसो लगाएर आइन्द सच्चिन भन्दै चेतावनी दिदै भागेको वडा सदस्य चन्द्रबहादुर कुँवरले बताए । बिहीवार वडा कार्यालय ज्यामरुककोटमा ‘३–४ जना युवाहरु आएर कालोमोसो लगाउदै वडा अध्यक्षको मोबाइल Read More…
Month: August 2019
आज रक्षाबन्धन तथा जनैपूर्णिमा देशभर मनाइँदै
काठमाण्डौ, श्रावण ३० । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व बिहीबार देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक Read More…
रवी लामिछाने प्रहरीको फन्दामा
काठमाण्डौं, श्रावण ३०। पत्रकार शालिकराम पुडासैनीलाई मर्न वाध्य बनाइएको भन्दै चर्चीत पत्रकार रवी लामिछानेलाई पक्राउ गर्न माग गरेका छन् । मृत्युअघि शालिकरामले रेकर्ड गराएको भिडियो सार्वजनिक भएपछि रवी लामिछाने र यस पक्ररणमा संलग्न अन्यलाई समेत पक्राउ गर्न ब्यापक आवाज उठीरहेको छ । यसैबीच, नेपाल प्रहरीले पीडित परिवारले किटानी दिए नाम लिएका माथि पक्राउ गरेर अनुसन्धान Read More…
विशालदेवको ‘आँखा मेरो’ बोलको म्यूजिक भिडियो सार्वजनिक
युवराज आचार्य झापा, श्रावण २९ । विशालदेव श्रेष्ठले आफ्नो नँया सांगितिक कोशेली स्वरूप ‘आँखा मेरो’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । विगत एक दशक देखि स्थानिय स्तरबाट आफ्नो कलालाई निखार्दै संगित क्षेत्रमा क्रियाशील रहेका सुमधुर आवाजका धनी विशालदेव श्रेष्ठले एउटा छुट्टै पहिचान बनाउन सफल भएका छन् । उनको ‘कस्तो वियोग’ बोलको म्युजिक भिडियो सफल Read More…
हाम्रो पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप असोजमा
झापा, श्रावण २९ । विर्तामोडमा विजय दशमीको अवसर पारेर हाम्रो पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप २०७६ आयोजना हुने भएको छ । जायोन स्पोर्टस क्लब झापाले विर्तामोडको डोमालाल राजवंशी रंगशालामा यहि असोज ११ गते देखि १८ गते सम्म प्रतियोगिता आयोजना गर्ने मंगलबार विर्तामोडमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । प्रदेश नम्बर एक मै प्रतिष्ठित गोल्डकपको रूपमा Read More…
किराँतेश्वर शिवपाञ्चायन मन्दिरको उद्घाटन
झापा, श्रावण २८। गाउँपालिका वडा नम्वर ३ सानुकेर्खा स्थित श्री किराँतेश्वर शिवपाञ्चायन मन्दिरको उद्घाटन भएको छ । २१ नम्वर वाहिनी अड्डाका बाहिनीपती सहायक रथी सञ्जय थापाले एक कार्यक्रमका विच मन्दिरको उद्घाटन गरेका हुन। उद्घाटनको अवसर पारेर मन्दिर परिसरमा उनले विभिन्न जातका विरुवा समेत रोपेका थिए । कमल गाउँपालिकाको कार्यालय, नेपाल आर्मीको २१ नम्बर वाहिनी अड्डा Read More…
प्रधानमन्त्री ओली स्वदेश फिर्ता
काठमाण्डौं, श्रावण २७ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वेदश फर्केका छन् । प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य उपचार पश्चात ९ दिनपछि सोमबार स्वदेश फर्केका हुन । त्यस अवसरमा उनलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका नेताहरु बामदेव गौतम, सुवाष नेम्वाङलगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । Read More…
एक विद्यालय, एक संकायको विरोधमा कचनकवलका विद्यार्थी
झापा श्रावण २६ । तोकिएकै विद्यालयमा शिक्षा लिनुपर्ने कचनकवल गाउँपालिकाको निर्णय विरुद्ध विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । गाउँपालिको शिक्षा नीति एक विद्यालय, एक संकायको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले आइतबार हात र निधारमा कालोपट्टी बाँधेर सिटी जुलुस निकाल्दै गाउँपालिका घेराउ गरेका थिए । कचनकवल ५ स्थित बनियानी बजारमा भेला भएका करिब पाँच सय विद्यार्थीहरूले सिटी जुलुस Read More…
खेलकुद पत्रकार मञ्च झापाको अध्यक्षमा खरेल
झापा, श्रावण २६। नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाको नेतृत्व चयन भएको छ । आइतबार बिर्तामोडमा सम्पन्न मञ्चको दोस्रो अधिवेशनले हिमाल खरेल अध्यक्षमा निर्वाचित भए ।मञ्चको समन्वय शाखा झापामा गठन भएको एक दशकपछि निर्वाचन हुँदा अध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदबाहेक अन्य पदमा निर्विरोध भएको थियो । अध्यक्षका प्रत्यासी इन्द्रजीत मुखियालाई ६ मतले पराजित Read More…
एनएसजेएफ झापाको निःशुल्क फोटो पत्रकारिता तालिम
झापा, श्रावण २५ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापा शाखाले दुई दिवशिय निःशुल्क फोटो पत्रकारिता तालिम आयोजनामा गरेको छ । विर्तामोडको होटल हेरिटेजमा शनिबार बाट सञ्चालन भएको तालिममा झापामा क्रियाशिल फोटो पत्रकार र फोटो सम्बन्धित चासो राख्ने करिब ४० जना पत्रकारहरुले सहभागीता जनाएका छन् ।एनएसजेएफ झापाको सदस्यहरुलाई लक्षित गरी आयोजना गरेको तालिममा अग्रज फोटो Read More…










