स्वास्थ्य

मेचीनगरमा एक चिकित्सक सहित चार जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर, साउन २८ । झापाको मेचीनगर नगरपालिकामा बुधबार एक चिकित्सक सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १०० पुगेको छ ।

आज संक्रमण पुष्टि हुनेहरुमा मेचीनगर १० स्थीत आम्दा अस्पतालमा कार्यरत २९ बर्षिय चिकित्स, मेचीनगर वडा नम्बर ७ का २८ बर्षिय पुरुष र यस अघि संक्रमित देखिएका मेचीनगर १० का १५ बर्षिय युवाका परिवारका सदस्य २ जना (२५ बर्षिय महिला र अर्का १३ बर्षिय बालक) रहेका मेचीनगर सामाजिक विकास समिति संयोजक नविन बरालले जानकारी दिए ।

आज कोरोना संक्रमण पुष्टी भएका सबै जनाको गत साउन २४ गते शनिबार धुलाबारी माविमा स्वाब संकलन गरिएको थियो ।

बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले आज जारी गरेको पिसिआर परिक्षणको नतिजा अनुसार ४ जना नै समुदायस्तरका ब्यक्ति रहेका छन् ।