झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट एक जना मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका- ९ निवासी ६० वर्षीय रामबहादुर बुर्जा मगर रहेको प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए । प्रहरीका अनुसार शुक्रबार बिहान साढे ६ बजे मेचीनगर नगरपालिका- १४ स्थित शनिबारेमा टङ्क पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जङ्गली हात्तीले Read More…
Year: 2021
आज नेपाल र मलेसिया भिड्दै, नेपाललाई जित्नैपर्ने दवाव
काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप छनोटमा आज नेपाल र मलेसिया भिड्दै छन् । खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । अर्को चरणमा पुग्नको लागि नेपाललाई जित्नैपर्ने दवाव छ । यदि मलेसियाविरूद्ध पराजित भए शीर्ष स्थानमा रहेर अर्को चरणमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त हुनेछ । शीर्ष स्थानमा रहेर ग्लोबल छनोट पुग्न नेपाललाई Read More…
काँग्रेस झापा सभापतिमा कट्टेल र थेबेको भिडन्त, आज चुनाव
झापा । नेपाली कांग्रेस झापाको सभापतिका लागि राम कट्टेल र देउमान थेबेले उम्मेद्वारी दर्ता गराउनु भएको छ । १४ औं अधिवेशन अन्तरगत शुक्रबार हुने चुनावका लागि कट्टेल र थेबे दुवै पक्षले समुह बनाएर नै उम्मेद्वारी दर्ता गरेका हुन । कट्टेल समुहबाट कन्काइ नगरका उपसभापतिमा शहिद राजन गिरीका पिता समशेर गिरी (केदार) र मेचनगरका प्रेम सम्बाहाम्फेले Read More…
दुर्गा प्रसाईद्वारा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेद्वारी घोषणा
झापा । बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईले नेकपा एमालेको आसन्न १०औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । महाधिवेशनका लागि चितवन पुगेका प्रसाईले आफूले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी घोषाणा गरेको जानकारी गराए । उनले भने, ‘एमालेको राजनीतिमा सक्रिय भएर लागि परेको छु । बिहिवार चितवनबाट केन्द्रीय सदस्यका लागि उम्मेद्वारी घोषण गरेको छु । र, Read More…
एमालेमय बन्यो चितवन
चितवन । यतिबेला चितवन नेकपा एमालेमय बनेको छ । भोलि मङ्सिर १० गतेदेखि सुरु हुन लागेको पार्टीको १० औं राष्ट्रिय महाधिवेशनका लागि एमालेका प्रतिनिधि तथा नेतारकार्यकर्ताहरु चितवन आएसँगै चितवन एमालेमाया बनेको हो। महाधिवेशनका लागि भरतपुर वरपरका सडक किनारदेखि फुटपाथका पसलहरुमा पार्टीको झण्डाले झकिझकाउ गरिएको छ । उता नारायणी किनारमा बनिरहेको मन्च पनि तयारी भइसकेको छ। Read More…
स्कूलको भवन शिलान्यास
मेचिनगर । झापाको मेचीनगर नगरपालिका वडानम्बर २ स्थित बौद्धमोडमा रहेको श्री बौद्धमोड ईग्लिस बोडिङ्ग स्कूलको भवन शिलान्यास गरिएको छ । विद्यालय भवनको एक कार्यक्रमका बिच मेचीनगर वाड नम्बर २ को हेल्थ पोष्टको जग्गा दाता समेन रहेका समाजसेवी तपन निरौलाले गरेका हुन् । समाजसेवी निरौलाले आफ्नो ४७ औं जन्म उत्सवको अवसर पारेर आज उक्त विद्यालयको भवन Read More…
१०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन नपाउने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक लगाएको हो । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताए । ‘कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक Read More…
झन् कसिलो बन्दै काँग्रेसका गुट
काठमाडौं । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले १४औं महाधिवेशनबाट पार्टीभित्रका गुट भत्कने अनुमान गरेका थिए। तर तल्लो तहका अधिवेशन जारी रहँदा गुट झन् कसिलो बनेका छन्। पार्टी विधानको नयाँ व्यवस्थाअनुसार वडा तहबाटै भएको निर्वाचनमा केन्द्रमा रहेका गुट संस्थापन (सभापति शेरबहादुर देउवा) र संस्थापन इतर (रामचन्द्र पौडेल,शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला) पक्षमा तल्लो तहसम्म नेता कार्यकर्ता Read More…
नेपालले आज कुवेतविरुद्ध खेल्दै
काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज बिहीबार कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल र कुवेतबीचको खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुनेछ । खेल बिहान ११:१५ बजे सुरु हुनेछ । ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपालले कुवेतविरुद्ध जित हात पार्नुपर्ने हुन्छ । त्यसैले नेपाल जित निकाल्ने योजनामा हुनेछ । Read More…
झापाबाट दुर्गा प्रसाईँसहित ६ जना एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत
झापा । नेकपा एमालेको १०औं महाधिवेशनमा विएण्डसीका सञ्चालक दुर्गा प्रसाईँसहित झापाबाट ६ जनालाई महाधिवेशन प्रतिनिधि मनोनीत गरिएको छ । स्थायी कमिटीले झापाका ६ सहित देशभरबाट १०६ जनालाई मनोनीत गरेको हो । मनोनीत हुनेहरूमा झापाबाट अमृतलाल राजवंशी, दुर्गा प्रसाईँ, जुरोपानीका पूर्व अध्यक्ष अमर सिवाकोटी, गौरादहकी जलवर्षा राजवंशी र दमककी उपमेयर गीता अधिकारी रहेका छन् । कूल प्रतिनिधिको Read More…








