अर्थ

मेचीनगरले ल्यायो १ अर्ब ३२ करोडको बजेट, कुन शिर्षकमा कति ?

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि १ अर्ब ३२ करोडको बजेट पारित गरेको छ । मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीका अनुसार शुक्रबार सम्पन्न नगरसभाले आगामी आर्थिक बर्षका लागि उक्त बजेट पारित गरेको हो । मेचीनगरमा सबैभन्दा बढी भौतिक पूर्वाधारमा १२ करोड २७ लाख बिनियोजन गरिएको छ । त्यस्तै शिक्षामा ३ करोड Read More…

शिक्षा समाचार

विद्यालयबाट कोचिङ पढेर घर फर्कने क्रममा बाटोबाट नै विद्यार्थी सम्पर्कविहिन

झापा । झापाको विर्तामोड स्थित एक बोर्डिङ स्कुलमा अध्यायनरत एक जना विद्यार्थी आज विद्यालयबाट काेचिङ पढेर घर फर्कने क्रममा घर नपुगी बाटैबाट सम्पर्कविहिन भएका छन् । सम्पर्कविहिन हुनेमा बिर्तामोड-७ स्थित कञ्चन बोर्डिङ स्कूल कक्षा ८ मा अध्ययनरत प्रनिश शिवाकोटी रहेका विद्यालय प्रशासनले जनाएको छ । बिर्तामोड-७ बस्ने गंगा शिवाकोटीको नाति १५ वर्षिय प्रनिश बिहिवार (आज) Read More…

अर्थ

अफ्रिकन स्वाइन फिभर रोग नियन्त्रण हुन नसक्दा मेचीनगरका बंगुर पालक व्यवसायी समस्यामा

मेचीनगर । बंगुरमा देखिएको महामारी अफ्रिकन स्वाइन फिभर रोग नियन्त्रण हुन नसक्दा मेचीनगरका बंगुर पालक व्यवसायी समस्यामा परेका छन् । उक्त महामारीले बंगुर भटाभट मर्न थालेपछि बंगुर पालन कृषक मारमा परेका हुन् । मेचीनगर बंगुर पालन कृषक समूहका अनुसार मेचीनगरमा उक्त महामारीबाट झन्डै २ हजार ५ सयभन्दा बढी बंगुर मरिसकेका छन् । रोग नियन्त्रणमा सरकारी Read More…

शिक्षा

होलिबेलका विद्याथीले बृद्धाश्रममा बृद्धासँग खुसी साटे (फोटो फिचर)

मेचीनगर । धुलावारीस्थित होलिबेल आवसीय माविका विद्यार्थीले विर्तामोडमा रहेको एक बृद्धाश्रममा पुगेर त्यहाँ रहेका बृद्धाहरुसँग दिनभर रमाइलो गरेका छन् । विद्यार्थीलाई पढाइसँगै बाहिरी वातावरण तथा सामाजिक संकार सिकाउने उदेश्यले विद्यालयले आयोजना गरेको एक दिने स्थानीय क्षेत्रको भ्रमण अन्तरगत बृद्धाश्रममा पुगेर विद्यार्थीले रमाइलोसँगै बृद्धाहरुसँग भलाकुसारी गरेका थिए । विद्यार्थीलाई के कारणले मानिसहरु बृद्धाश्रममा आइपुग्छन् ? परिवारका Read More…

संघ \संस्था

सुरुङ्गा जेसीजलाई जेसीज मन्थको अवार्ड

बाहुण्डाँगी । कनकाइ नगरपालिकामा रहेको सुरुङ्गा जेसीजले जुन महिनाको जेसीज अफ द मन्थको अवार्ड प्राप्त गरेको छ । नेपाल जेसीजले मंगलबार सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार एरिया ए का ४२ वटा शाखाहरु मध्ये सुरुङ्गा यो महिनाको उत्कृष्ट बन्दै अवार्ड प्राप्त गरेको हो । नेपाल जेसीजको विधान अनुसार हरेक क्षेत्रबाट उत्कृष्ट कार्य सम्पादन गरेका शाखाहरु निरुपित Read More…

अर्थ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टितेलमा ९ रूपैयाँ मूल्य बढाएको हो। सोमबार साँझ निगमले विज्ञप्ति निकालेर बढेको मूल्यबारे जानकारी दिएको हो। नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य १८१ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेलको मूल्य १७२ रूपैयाँ प्रतिलिटर पुगेको छ। निगमले हवाई इन्धन आन्तरिकतर्फ Read More…

संघ \संस्था

गैडाँकोट जेसीजलाई जुन महिनाको अवार्ड

बाहुण्डाँगी । गैँडाकोट जेसीजले जुन महिनाको उत्कृष्ट शाखाको रुपमा अवार्ड प्राप्त गरेको छ । नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने जेसीज अफ द मन्थको अवार्ड अन्तरगत क्षेत्र घ को उत्कृष्ट शाखाका रुपमा गैँडाकोट जेसीजले प्राप्त गरेको हो । सोमवार नेपाल जेसीजले सार्वजनिक गरेको अवार्ड तालिका अनुसार गैँडाकोट उत्कृष्ट शाखाका रुपमा अवार्ड प्राप्त गरेको हो । Read More…

संघ \संस्था

बीसहजार जेसीजलाई जेसीज अफ द मन्थको अवार्ड

बाहुण्डाँगी । बीसहजार जेसीजले जुन महिनाको उत्कृष्ट शाखाको रुपमा अवार्ड प्राप्त गरेको छ । नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने जेसीज अफ द मन्थको अवार्ड अन्तरगत क्षेत्र ख को उत्कृष्ट शाखाका रुपमा बीसहजार जेसीजले प्राप्त गरेको हो । सोमवार नेपाल जेसीजले सार्वजनिक गरेको अवार्ड तालिका अनुसार बीसहजार उत्कृष्ट शाखाका रुपमा अवार्ड प्राप्त गरेको हो । Read More…

समाचार

वर्षा,बाढी र पहिरोबाट सर्तक रहन आग्रह

काठमाडौ । देशका विभिन्न क्षेत्रमा गएराति देखि नै वर्षा भइरहेको छ । केही क्षेत्रमा भारी वर्षासमेत भएको छ । आज बिहान, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । Read More…

संघ \संस्था

शनिवार सवारी चलाउन मेयरले लिए अनुमति

बागलुङ । सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन चलाउन अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले पनि शनिबार प्रमुख जिल्ला अधिकारीबाट अनुमति पत्र (पास) लिएर नगरको गाडी प्रयोग गरेका छन् । योजना अनुगमन, निरीक्षण, बैठकलगायतमा सहभागी हुने प्रयोजनका लागि नगरप्रमुख श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालयले अनुमति पत्र उपलब्ध गराएको हो । नगरप्रमुखले चढ्ने Read More…