काठमाडौं, भदौ १३ । बितेको २४ घण्टामा राजधानी उपत्यकामा १८६ सहित ८८४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, २४२ महिला र ६४२ पुरुषमा संक्रमण पुष्टि भएको हो। सवैभन्दा धेरै आज पनि काठमाडौंमा संक्रमित भेटिएका छन्। काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ गरी १८६ जनामा संक्रमण पुष्टि भएको छ। राजधानी पछाडि Read More…
Month: August 2020
कमल गाउँपालिकामा थप १ हप्ता निषेधाज्ञा
विकास घिमिरे कमल, भदौं १३ । झापाको कमल गाउँपालिकामा समुदाय स्तरमा कोरोना फैलिन थाले पछि भाद्र ६ गते राति १२ः०० बजे देखि भाद्र १३ गते राति १२ः०० बजे सम्मलाई लगडाउनको घोषण गरिएका थियो हाल स्थिती अझ नाजुक हुदै गएपछि आज विहान ७ः०० बजेको कार्यपालिको बैठकले पुनः भाद्र २० गते राति १२ः०० सम्मलाई एक प्रेस विज्ञप्ती Read More…
सज्जाले जितिन् नेपाल आइडलको उपाधि
काठमाडौं, भदौ १३ । चर्चित नेपाली रियालिटी सो नेपाल आइडल सिजन–३ को उपाधि मोरङकी सज्जा चौलागाईंले जितेकी छन् । शुक्रबार भएको फाइनलमा माेरङ पथरी घर भएकी चौलागाईंले तेस्रो नेपाल आइडलकाे उपाधि जितेकी हुन । नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जा तेस्रो सिजनको बिजेता भन्दा प्रवीण बेडुवाल फस्ट रनरअप बने । किरणकुमार भुजेलले सेकेन्ड रनरअप Read More…
मेचीनगरमा आज थपिए तीन जना कोरोना संक्रमित
मेचीनगर, भदौ १२ । झापाको मेचीनगर नगरपालिकामा शुक्रवार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि हुनेमा वडा न २ का १५ र १६ वर्षीय दुईजना किशोरसहित २१ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको मेचीनगर नगरपालिकाका सामाजिक विकास समिति संयोजक नवीन Read More…
आज थपिए ९२७ जना कोरोना संक्रमित, १२ जनाको मृत्यु
काठमाडौं, भदौ १२ । नेपालमा शुक्रबार थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार १६ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् । Read More…
झापाको कमल गाउँपलिकामा आज थप ९ जनामा काेराेना पुष्टि
विकास घिमिरेकमल, भदौं १२ । झापाको कमल गाउँपालिकामा आज एकै दिन ९ जना कोरोना संक्रमित थपिएका छन् । भाद्र ९ गते स्वाब संकलन गरि परिक्षणका लागि पठाइएका ६० जना मध्ये वडा नं. ३, केर्खाका ९ जना समुदायका लाई कोरोना संक्रमण देखिएको छ, थपिएका संक्रमितमा ५, १८, १८, ३८, ३८ र ४० वर्षका ६ जना पुरुष Read More…
मलेसियाबाट शुक्रबार बिहान २६२ जना यात्रुसँगै १५ वटा शव नेपाल भित्रिए
काठमाडौं, भदौ १२ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ को महामारीका कारण मलेसियामा समस्यामा परेका २६२ जना नेपाली नागरिक र शव लिएर आएको नेपाल एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण गरेको छ । शुक्रबार बिहान ७ बजेर ३४ मिनेटमा अबतरण गरेको नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट १५ वटा शव पनि भित्रिएको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल Read More…
कोरोना संक्रमित झापाका एक वृद्धको मृत्यु
झापा, भदौ १२ । झापामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका वडा नम्वर ३ स्थित केर्खा बजारका ८३ बर्षीय बृद्ध रहेका छन् । भदौ ३ गते कोरोना पोजेटिभ देखिएपछि धरान स्थित बिपी कोइरालाई स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा क्याम्प भर्ना भएर उपचाररत उनको आज विहान ४ बजे मृत्यु भएको Read More…
बैंकिङ क्षेत्रमा कोरोना बढ्न थाल्यो
काठमाडौं, भदौ १२ । बैंकिङ क्षेत्रमा कोरोना बढ्न थालेको छ । २ सय जनाभन्दा बढी बैंकका कर्मचारीमा कोभिड–१९ को संक्रमण देखिएपछि बैंकमा गई प्रत्यक्ष कारोबार गर्ने ग्राहकसमेत असुरक्षित भएका छन् । कोभिडका बिरामी बढेसँगै बैंकहरूले कर्मचारीहरूको कोरोना परीक्षण गराउँदा संक्रमितको संख्या दिन प्रतिदिन बढेको हो । लक्षण नै नदेखिएका कर्मचारीमा समेत कोरोना पोजिटिभ देखिएपछि बैंकिङ Read More…
इलाममा थप एक जनामा कोरोना संक्रमण पुष्टि
नरेन इलामेली इलाम, भदौ ११ । इलाममा थप एक जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकाकी एक महिला स्वास्थ्यकर्मीमा विहीबार कोरोनाको संक्रमण पुष्टि भएको हो । विहीबार एक जनामा संक्रमण पुष्टि भए सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८८ पुगेको छ । हाल सम्म जिल्लाको इलाम नगरपालिकामा ५७ जना, सूर्योदय नगरपालिकामा Read More…








