झापा। बैशाख २५ । मेचीनगर बाल सञ्जालले किरण दर्जीको न्यायका लागि बुधबार काँकरभिट्टामा बृहत दवाव ¥याली आयोजना गरेको छ । मेचीनगरका विभिन्न विद्यालयबाट सहभागी बनेका सयौं विद्यार्थीले गत बैशाख २ गते गैर कानुनी रुपमा हिरासतमा राखिएका नावालक किरण दर्जीको रहस्यमय मृत्यु भएको थियो । विधार्थीले उक्त घटनामा संलग्नदोषीलाई कारवाहीको माग गरेका छन् । ¥यालीमा ‘सरकार Read More…
Month: May 2019
प्रधानमन्त्री ओलीले अपशब्द बोलेको भन्दै संसदमा हंगामा
काठमाण्डौं, बैशाख २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको शब्दलाई लिएर संसदमा हंगामा भएको छ । आगामि आर्थिक बर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेको प्रश्नको जवाफ मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले दिएका थिए । प्रधानमन्त्रीले जवाफ दिइसकेपछि सांसदहरुले फेरि प्रश्न गरेका थिए । उक्त प्रश्नको जवाफ दिन फेरि प्रधानमन्त्री रोष्टम पुगेका थिए । Read More…
खुदुनाबारीमा फाल्गुनन्दको शालिक अनावरण
शाक्यमणी आचार्य झापा, बैशाख २४ । अर्जुनधारा नगरपालिका स्थित खुदुनाबारी चौकमा निर्माण गरिएको १६औँ राष्ट्रिय विभूति समेत रहेका किरात महागुरु फाल्गुनन्दको शालिक एक कार्यक्रमका बिच मंगलबार अनावरण गरिएको छ । महागुरुको ८९औँ समाज सुधार दिवसको अवसर पारेर शालिक अनावरण गरिएको हो । खुदुनाबारी चौकमा रहेको महागुरु फाल्गुनन्दको शालिक शालिकको किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरुआमा Read More…
पूर्वका चिया मजदूरले सडकमा सुतेर गरे विरोध प्रदर्शन
झापा, बैशाख २४ । पूर्वका चिया मजदूरले बिर्तामोडको मुक्तिचोकको सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् । ऐनले तोकेको ज्याला दिन उद्योगीहरुले आनाकानी गरे संगै श्रम ऐनमा तोकिए अनुसारको दैनिक ज्याला पाउनु पर्ने माग गर्दै मजदूरहरुले सुतेर विरोध जनाएका छन् । दुई तिहाईको सरकार मजदुरको समस्यामा किन मैन छ भन्दै मजदुर सरकार प्रति आक्रोसीत छन् । Read More…
प्रदेश नम्बर १ को राजधानी विराटनगर
विराटनगर, बैशाख २४ । प्रदेश नम्बर १ को अस्थायी राजधानी रहेको विराटनगरलाई प्रदेशसभा गठन भएको १६ महिनापछि स्थायी राजधानीका रूपमा हुने भएको छ । विराटनगरलाई नै स्थायी राजधानी बनाउन सोमबार प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेश १ को राजधानी विराटनगर तोक्ने प्रस्ताव पारित गरेको छ । प्रदेशसभामा कायम रहेका ९३ सांसदहरु मध्ये विराटनगर स्थायी राजधानीको पक्षमा Read More…
केचना बजारमा सामुदायिक भवन बन्ने
झापा, बैशाख २३ । कचनकवल गाउँपालिका स्थित केचना बजारमा सामुदायिक भवन निर्माण हुने भएको छ । नेपालकै होचो भुभाग कचनकवल गाउँपालिका वडा नम्बर ४ स्थित केचना बजारमा बन्न लागेको नवनिर्मित सामुदायिक भवनको शिलन्यास प्रदेश सभा सदस्य बसन्त बानियाँले गरेका छन् । निर्वाचन क्षेत्र पुर्बाधार कोष बाट १० लाख बजेट बिनियोजन भए संगै केचना बजारमा सामुदायिक Read More…
फोरम र नयाँ शक्तिबीच एकता घोषणा आज हुँदै
काठमाण्डौ, बैशाख २३ । संघीय समाजबादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच सोमबार एकता घोषणा हुँदैछ । काठमाण्डौको राष्ट्रियसभा गृहमा दिउँसो पौने १२ बजे कार्यक्रम गरेर एकताको घोषणा गरिने दुवै दलले जनाएका छन् । नयाँ दलमा डाक्टर भट्टराई संघीय परिषदको अध्यक्ष र उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष बन्नुहुनेछ । ३ सय सदस्यीय केन्द्रीय समिति बनाउने Read More…
एन्फाले आले (मामा) सहित आधा दर्जनबढी व्यक्तिलाई अवार्ड प्रदान
काठमाण्डौँ, बैशाख २२ । झापा जिल्ला फुटबल संघ अध्यक्ष तथा पुर्व बरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले मामालाई एन्फाले लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ । पुर्वाञ्चलमा लामो समय देखि फुटबल खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउनका साथै उनले प्रशिक्षण गरेका थुप्रै खेलाडी राष्ट्रिय फुटबल टिमबाट स्थापित भएका छन् । आलेले अवार्डसहित नगद ३ लाख Read More…
फाल्गुनन्दको शालिक अनावरण गरिने
शाक्यमणी आचार्य झापा, बैशाख २२ । अर्जुनधारा नगरपालिका स्थित खुदुनाबारी चौकमा निर्माण गरिएको १६औँ राष्ट्रिय विभूति समेत रहेका किरात महागुरु फाल्गुनन्दको शालिक मंगलबार अनावरण गरिने भएको छ । महागुरुको ८९औँ समाज सुधार दिवसको अवसर पारेर शालिक अनावरण गर्न लागिएको शालिक निर्माण उपभोक्ता समितिले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिए । खुदुनाबारी चौकमा रहेको महागुरु फाल्गुनन्दको Read More…
नेपाल सिन्दोकाई–कान कराँते संघ झापाको अध्यक्षमा हरिमाया
झापा, बैशाख २२ । झापा जिल्ला खेलकुद विकास समिति सदस्य हरिमाया मैनालीको अध्यक्षतामा चार बर्षे कार्यकालका लागि ९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै नेपाल सिन्दोकाई–कान कराते संघ झापा जिल्लाको पहिलो अधिवेशन सम्पन्न भएको छ । मेची रङ्गशाला स्थित खेलकुद विकास समितिको सभाहलमा सम्पन्न अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा रमेश Read More…










